संविधानलाई परिमार्जन गर्न सकिन्छ: सिटौला
शुक्रबार, ०३ असोज २०७६, १६ : २१
काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधानको आलोचना मात्रै नगर्न असन्तुष्ट पक्षलाई आग्रह गरेका छन् । काँग्रेस नेता सिटौलाले संविधानसभाबाट निर्माण भएको संविधानलाई केही पक्षले पूराना संविधानहरुसँग तुलना गरिरहेको भन्दै आपत्ति पनि जनाए । जनताको ठूलो संघर्षबाट बनेको संविधानलाई पञ्चायत र राणाकालमा बनेको संविधानसँग तुलना गर्नै नसुहाउने उनको तर्क छ ।
संविधान दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधान कार्यान्वयनमा त्रुटि भए सच्याउँदै लैजान सकिने तर त्यसको आलोचना गरेर मात्रै नहुने पनि स्पष्ट पारे । संविधानका मस्यौंदाकार समेत रहेका नेता सिटौलाले संविधान परिवर्तनीय दस्तावेज भएकाले यसलाई समयको मागअनुसार परिमार्जन गर्दै लैजान सकिने पनि स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण