नागरिकता पाएपछि फातीलाई स्पेनको राष्ट्रिय टोलीबाट खेल्ने बाटो खुला
एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका युवा स्टार अन्सु फातीले स्पेनको राष्ट्रिय टोलीबाट फुटबल खेल्न पाउने भएका छन् ।
अफ्रिकी मुलुक गिनीया बिसाउमा जन्मिएका फातीलाई स्पेनले नागरिकता दिएपछि उनको स्पेनबाट अन्तर्राष्ट्रिय फुटबल खेल्ने बाटो खुलेको हो ।
फाती ६ वर्षको उमेरदेखि स्पेनको सेभियामा बस्दै आएका छन् । स्पेनमा १० वर्ष बसेपछि विदेशी नागरिकले त्यहाँको नागरिकताको लागि दाबी गर्न सक्ने प्रावधान छ । सोही आधारमा फातीले पनि स्पेनको नागरिकता पाएका हुन् ।
स्पेनिस नागरिक भएसँगै १६ वर्षीय फातीले स्पेनबाट अन्डर १७ विश्वकप खेल्ने सम्भावना बढेको छ । यसै सिजन बार्सिलोनाको सिनियर टोलीबाट डेब्यु गरेका फातीले ला लिगामा तीन खेल खेल्दै दुई गोल गरिसकेका छन् ।
फातीले च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत बोरुसिया डर्टमन्डविरुद्धको खेल खेल्दै बार्सिलोनाबाट कम उमेरमा युरोपियन च्याम्पियन्स लिग खेल्ने खेलाडीको किर्तिमानसमेत रचेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण