साउदीको तेल क्षेत्रमा भएको आक्रमणको चीनले गर्यो विरोध, सी जिनपिङले गरे साउदी राजालाई फोन
एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले साउदी अरबको तेल उत्पादन क्षेत्रमा भएको आक्रमणको निन्दा गरेका छन् । सीले साउदी अरबका राजा सलमान बिन अब्दुल्ल अजिजलाई शुक्रबार टेलिफोन गरेर आफ्नो प्रतिक्रिया व्यक्त गरेको समाचारमा जनाइएको छ।
सीले घटनाको ‘विस्तृत, वस्तुगत र निष्पक्ष’ अनुसन्धान गराउन माग गरेका छन् ।
‘आक्रमणले खाडी क्षेत्रमा तनाव बढाएको छ र विश्व तेल बजारलाई धक्का दिएको छ ,’ सीले भने ।
उनले मध्य–पूर्वी क्षेत्रमा थप तनाव बढाउने कार्यबाट टाढा रहन सबै पक्षलाई आह्वान गरेका छन् ।
उनले हालैका वर्ष साउदी अरब र चीनबीचको द्विपक्षिय सम्बन्ध तीव्र गतिमा वृद्धि भइरहेको कुराको प्रशंसा गरे ।
फोन सम्बादमा सीले साउदी अरबले एक चीन नीति, चीनका मुख्य चासोप्रति बलियो अढान देखाउने गरेकोप्रति धन्यवाद दिए ।
आफ्नो राष्ट्रिय सार्वभौमिकता, सुरक्षा र स्थायित्वको प्रतिरक्षा गर्नको लागि साउदी अरबले गरिरहेको प्रयासमा पनि आफ्नो समर्थन रहेको चिनियाँ राष्ट्रपति सीले बताए ।
जवाफमा साउदी राजाले एक चीन नीतिप्रति आफ्नो देशको अढान दोहो¥याए र दुई देशबीचको विस्तृत रणनीति साझेदारी विकास गर्नमा आफूहरुले अत्यधिक जोड दिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण