बार्सिलोनालाई ग्रानडाको झट्का
साविक विजेता बार्सिलोनालाई स्पेनिस ला लिगामा ग्रानडाको नमिठो झट्का लागेको छ । शनिबार राति भएको खेलमा बार्सिलोना ग्रानडासँग उसैको मैदानमा २–० गोलले पराजित भयो ।
ग्रानडाको जितमा रामोन अजिजले खेलको दोस्रो मिनेटमै गोल गरेका थिए । अल्भारो भाडिल्लोले ६६औं मिनेटमा पेनाल्टीमा गोलगर्दै ग्रानडाको अग्रता दोब्बर बनाए । कप्तान लियोनल मेस्सी, लुईस स्वारेज, एन्टोइन ग्रीजम्यान लगाय स्टार खेलाडी उतारेको बार्सिलोनाले गोल फर्काउन भने सकेन । ला लिगाको नयाँ सिजनका सुरुवाती पाँच खेलमा बार्सिलोनाको यो दोस्रो हार हो । यसअघि बार्सिलोना एथ्लेटिको बिल्बाओसँग १–० गोलले पराजित भएको थियो ।
बार्सिलोनालाई हराएसँगै ग्रानडा शीर्ष स्थानमा उक्लिएको छ । ग्रानडाले पाँच खेलबाट १० अंक बनाएको छ । सात अंक बनाएको बार्सिलोना सातौं स्थानमा छ । शनिबार रातिनै भएको अन्य खेलमा भिल्लारियलले रियल भालाडोलिडलाई २–० गोलले हरायो । एट्लेटिको म्याड्रिड र सेल्टाभिगो तथा लिभान्ते र इबरले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण