शालिकराम पुडासैनी मृत्यु प्रकारणमा साक्षीको बकपत्र सुरु : रवि लामिछाने सोमबारसम्म चितवनमै रहने
काठमाडौं – पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकारणमा टेलिभिजन प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स रुकु भनिने अस्मिता कार्कीले सोमबारसम्म चितवनमै बस्नुपर्ने भएको छ ।
आइतबारदेखि न्यायाधीश हेमन्त रावलको इजलासमा पत्रकार पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दामा वादी र प्रतिवादीका साक्षीको बकपत्र सुरु भएकाले उनीहरुले चितवन नै बस्नु पर्ने भएको हो ।
लामिछानेसहित तीनजनाविरुद्ध जाहेरी दिने पत्रकार पुडासैनीकी श्रीमती सम्झनाको पनि बकपत्र लिइने छ । सरकारी पक्षका जाहेरीकर्ता, अनुसन्धानकर्ता, शव परीक्षणमा संलग्न चिकित्सक एवं प्रयोगशालाका प्राविधिक गरि १३ जनाको बयान लिइने छ ।
प्रतिवादीको तर्फबाट २३ जनाको नाम रहेकाले सोमबार बेलुकी वा मंगलबारसम्म बकपत्र चल्नेछ । यसअघि उक्त मुद्धामा जिल्ला अदालत चितवनले लामिछाने र कँडेललाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । लामिछाने पाँच लाख र कँडेल तीन लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । अर्की अभियुक्त अस्मिता कार्कीलाई साधारण तारेखमा रिहा गर्न आदेश भएको थियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण