रातोपाटीका समाचार प्रमुख श्रेष्ठलाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार
काठमाडौं – प्रेस काउन्सिल नेपालले रातोपाटी डटकमका समाचार प्रमुख विधान श्रेष्ठलाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको छ ।
प्रेस काउन्सिल नेपालले आफ्नो ५० औँ वार्षिकोत्सवको अवसरमा सोमबार श्रेष्ठलाई पुरस्कृत गर्नेछ ।
मूल्यांकन मासिकबाट पत्रकारितामा प्रवेश गरेका श्रेष्ठ रातोपाटी डटकममा स्थापनाकालदेखि नै कार्यरत छन् ।
काउन्सिलले आइतबार एक प्रेस विज्ञप्तिमार्फत दिएको जानकारीअनुसार युवा पत्रकारिता पुरस्कारबाटै मीना तिवारी (घिमिरे), अजयदीप शर्मा, अमर खड्का, डिलाराम भुसाल, करुण अर्याल, निलिफा सुब्बा, मन्जिमा ढकाल, सोमबहादुर थापा र रिंकु मिश्र(गायत्री) पनि पुरस्कृत हुने भएका छन् । युवा पत्रकारिता पुरस्कारको राशि जनही १५ हजार रुपैयाँ रहेको छ ।
यस्तै १ लाख ५१ हजार राशिको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कारबाट गोविन्दबहादुर थापा पुरस्कृत हुने भएका छन् भने १ लाख ५ हजार राशिको प्रेस काउन्सिल सुरेन्द्र बहादुर बस्नेत पत्रकारिता पुरस्कारबाट डा सुरेश आचार्य पुरस्कृत हुने भएका छन् ।
यसैगरी प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कारबाट नेपालभूषण न्यौपाने, शिवबहादुर कार्की, सीतारामप्रसाद शर्मा कट्टेल, हरि जोशी, बालकृष्ण प्रसाद, शंकर कार्की, विष्णुप्रसाद शर्मा र विश्वमणि सुवेदी पुरस्कृत हुने भएका छन् । यो पुरस्कारको राशि जनही रु २० हजार रहेको छ ।
यसैगरी आचारसंहिता पुुरस्कार दैनिक नेपालगन्ज, भाषागत पत्रकारिता पुरस्कार मो हसन मिया तथा साहित्यिक पत्रकारिता पुरस्कार अन्तर्बोध पत्रिकाले पाएका छन् । पुरस्कारको राशि क्रमशः ५० र २०–२० हजार रुपैयाँ रहेको छ।
यस्तै प्रेस काउन्सिल वर्ष कर्मचारी पुरस्कार सविता बानियाँ र हर्कबहादुर श्रेष्ठले पाउँदा कर्मचारी प्रोत्साहन पुरस्कार विपुल पाण्डेलाई दिने निर्णय भएको काउन्सिलका सूचना अधिकारी दीपक खनालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण