साझा युवा संगठनको २२ सदस्यीय केन्द्रिय समिति घोषणा
अब्दुस मियाको संयोजकत्व र प्रिया सिग्देलको सहसंयोजकत्वमा साझा युवा संगठनको २२ सदस्यीय केन्द्रिय समिति घोषणा भएको छ ।
उक्त समिति साझा पार्टीका केन्द्रिय संयोजक रविन्द्र मिश्र र अन्य प्रमुख दलका युवा संगठनका केन्द्रिय नेतृत्वबीच सार्वजनिक गरिएको हो । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा नेपाल सरकारका राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुङ्गेलको पनि उपस्थिति रहेको थियो ।
उक्त घोषणा सभामा शुभकामना दिदैं साझा पार्टीका संयोजक रविन्द्र मिश्रले युवाहरुले मात्र राजनितिलाई बदल्न सक्ने बताए । उक्त कार्यक्रममा नेकपा निकट राष्ट्रिय युवा संघका अध्यक्ष राम प्रसाद सापकोटाले भने, ‘साझा युवा सङ्गठनले छिटोछिटो राजनितिलाइ बदलोस् होइन भने राजनितिले तपाईहरुलाई बदल्छ ।’
यसैगरी कार्यक्रममा तरुण दलका उपाध्यक्ष उत्तमबाबु चापागाईले लोकतान्त्रिक युवा सङ्गठनहरुको मुद्दामा आधारित एकताको खाँचो रहेको बताए। कार्यक्रममा समाजवादी युवा संघका महासचिव जितेन्द्र महरा, साझा पार्टीकी केन्द्रिय सदस्य समीक्षा बास्कोटा लगायतले धारणा राखेका थिए ।
विस्तृत केन्द्रिय समितिको नामावली:
१. अब्दुस मिया - संयोजक
२. प्रिया सिग्देल - सहसंयोजक
३. सरोज गौतम - महासचिव
४. मनोज पहारी
५. जितेन्द्र खतिवडा
६. प्रकृति पहारी
७. शिबराज बेल्बासे
८. सरोज नेपाल
९. रोहित चन्द
१०. आर्जु लोहनी
११. सौज्जन डि.सि.
१२. प्रशान्त विक्रम सापकोटा
१३. जिनत राई
१४. लक्ष्मी घिमिरे
१५. पदम बहादुर मगर
१६. प्रेक्षा शाक्य
१७. प्रकाश आचार्य
१८. सस्मित पोख्रेल
१९. रामकुमार यादव
२०. टंकप्रसाद जैसी
२१. सुवास खत्री
२२. वर्षा रिसाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण