अख्तियार र अदालतलाई दुईतिहाई देखाएर तर्साउन खोजियो : रामचन्द्र पौडेल
प्यूठान । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको छायाँमा न्यायपालिका र संवैधानिक निकायहरु परेको आरोप लगाएका छन् ।
दोस्रो जागरण अभियान अन्तरगत प्यूठानमा सोमबार अयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले अख्तियार, अदालतलगायत सबै संवैधानिक निकायलाई सरकारले दुईतिहाई देखाएर तर्साएकाले मुलुकका ठूला आर्थिक घोटालाहरुको निष्पक्ष छानविन हुन नसकेको बताए ।
‘हरेक संवैधानिक निकायलाई नियन्त्रण गर्न खोजिएको छ । यो संविधान विपरित हो । अख्तियार र अदालतलाई तर्साउन खोजिँदैछ । जनताले दिएको दुईतिहाईको मतलाई निरकुंश शासन चलाउन प्रयोग गरिएको छ,’ पौडेलको भनाई छ ।
वरिष्ठ नेता पौडेलले ठूला–ठूला आयोजनालाई कमिसनको चक्करमा अलपत्र पारिएको आरोप पनि लगाए । उनले विना प्रतिस्पर्धा ठूला आयोजनालाई ठेक्का दिन सुरु गरेबाटै आर्थिक अनियमितता भएको पुष्टि हुने बताए ।
पौडेलले मुलुक सत्ता र पैसाको दुस्चक्रमा फस्न लागेकोमा चिन्ता व्यक्त गरे । पौडेलले भने, ‘अहिले मुलुकलाई सत्ता र पैसाको दुस्चक्रमा फसाउन लागिएको छ । हिजो सरकारमा पुग्ने वित्तिकै कांग्रेसले गाँउबाट विकास सुरु ग¥यो । बाटो, बिजुली, पानी शिक्षा स्वास्थ्य गाँउ–गाँउमा हामीले पु¥याएको हो । हामीले गाँउ गाँउमा विकासको सुरुवात गर्न थालेसँगै गाँउ–गाँउमा मान्छे काट्न थालियो । मान्छे काट्नेहरु सबै एकैठाँउमा पुगेर सत्ता सञ्चालन गरेपछि अहिले विकास के भएको छ । बाहिर एउटा कुरा गर्ने अनि काम चाहिँ अर्कै गर्ने नेताहरुदेखि अब सचेत हुन जरुरी छ ।’
पौडेलले दुईतिहाईको सरकारले गरेका कामको हिसाबकिताब नेपाली जनताले मागेको बताउँदै कम्युनिष्टहरु चिल्ला कुरा गरेर जनता क्षणिक प्रभावमा परेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण