सरकारी वकिलको भूमिकालाई प्रभावकारी बनाऊ: मानव अधिकार आयोग
काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले पीडितलाई न्याय दिन सरकारी वकिलको भूमिकालाई प्रभावकारी बनाउन सरकारलाई सचेत गराएको छ । सरकारी वकिलकै कारण पीडितले न्याय नपाएको गुनासो आइरहेका बेला राष्ट्रिय मानव अधिकार आयोगले सोमबार काठमाडौंमा सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको हो ।
प्रतिवेदन सार्वजनिक गर्दै आयोगकी प्रवक्ता मोहना अन्सारीले पीडितलाई न्याय दिन मानव अधिकारको दृष्टिकोणले अनुसन्धानको सम्पूर्ण प्रक्रियामा आर्थिक बोझ पर्न नदिन पनि सरकारलाई सुझाव दिइएको बताए । आयोगले आर्थिक अभावका कारण पनि पीडितले न्याय पाउन नसकेको निष्कर्ष निकालेपछि सरकारलाई न्याय पाउने नागरिकको हकलाई सुनिश्चित गर्न आर्थिक अभावमा रहेका नागरिकलाई निःशुल्क न्याय पाउने प्रबन्ध गर्न पनि भनेको हो । आयोगकी प्रवक्ता अन्सारीले न्याय पाउने नागरिकको हकलाई सुनिश्चित गर्न वैज्ञानिक तरिकाले अनुसन्धानमा संलग्न हुन प्रहरीलाई पनि सचेत गराइएको बताए ।
आयोगका अध्यक्ष अनुपराज शर्माले मानव अधिकार पुनर्वहालीका लागि प्रहरीको भूमिका अत्यन्तै महत्वपूर्ण हुने स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण