व्यवसायीहरुले घटेको मूल्यमा ग्याँस बेचेनन्, कारवाही गर्ने निगमको चेतावनी
मङ्गलबार, ०७ असोज २०७६, ११ : ३२
काठमाडौं । नेपाल आयल निगम (एनओसी)ले घटेको मूल्य अनुसार ग्याँस कारोबार नगर्ने व्यवसायीहरुलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
सोमबार निगमले एक विज्ञप्ति जारी गर्दै बजार अनुगमनका क्रममा पुरानै मूल्यमा एल.पी ग्याँस कारोबार भइरहेको पाइएकाले त्यसो नगर्न आम ग्याँस व्यवसायीलाई सचेत गराएको हो ।
अन्यथा निगम कडा कारबाही गर्न बाध्य हुने जारी विज्ञप्तिमा उल्लेख छ ।
एनओसीले गत असोज ३ गते मध्यरातदेखि लागु हुने गरी एल.पी ग्याँसको मूल्य समायोजन गरेको थियो । खुद्रा मूल्यमा प्रति सिलिण्डर १३७५ रुपैयाँ रहेको मूल्यमा २५ रुपैयाँ घटाएको थियो ।
तर, अनुगमनका क्रममा निगमले व्यवसायीहरुले पुरानै मूल्यमा ग्याँसको कारोबार गरिरहेको पाइएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण