सरकारको विरोधमा कृषि प्राविधिकहरु सडकमा
काठमाडौँ– कृषि प्राविधिकहरुले ‘एक गाउँः एक प्राविधिक’ सम्बन्धि निर्णय तत्काल खारेज गर्न सरकारसँग माग गर्दै काठमाडौंमा दवाव आन्दोलन सुरु गरेका छन् । काठमाडौंको माईतीघर मण्डलामा मंगलबार भेला भएका कृषि प्राविधिकहरुले ‘एक गाउँः एक प्राविधिक’ सम्बन्धि सरकारले गत भदौ २९ गते गरेको निर्णय तत्काल खारेज गर्न माग गर्दै विरोध प्रर्दशनसहितको दवावका आन्दोलन सुरु गरेका हुन् ।
तीन हजारभन्दा बढि स्थानीय तहमा कार्यरत कृषि प्राविधिकहरुको बिचल्ली हुने गरी सरकारले गरेको सो निर्णय खारेज गर्न माग गर्दै दवाव आन्दोलन सुरु गर्नु परेको नेपाल कृषि तथा भेटनरी हक, हित संरक्षण संघर्ष समितिका उपसंयोजक छबी भट्टराईले जानकारी दिए ।
२०७३ सालमा सबै स्थानीय तहमा सरकारले सर्तसहितको सेवा, सुविधा दिने गरी कृषि तथा भेटनरीहरुमा ३ हजारभन्दा बढि कृषि प्राविधिकहरु नियुक्त गरेको थियो । उनीहरुको रोजगारीको ग्यारेण्टी नगरी सरकारले एउटा गाउँमा एउटा मात्रै प्राविधिक राख्ने निर्णय गरेपछि कृषि प्राविधिकहरुले सो निर्णयको विरोधमा आन्दोलन सुरु गरेका हुन् ।
प्रर्दशनसहितको आन्दोलनमा उत्रिएका प्रर्दशनकारीहरुले कृषि र कृषि क्षेत्रका उत्थानमा लागेका आफूहरुको आन्दोलनमा साथ दिन सम्पूर्ण कृषक तथा कृषि क्षेत्रमा कार्यरत संघ, संस्थाहरुलाई पनि अपिल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण