अल्जेरियाको अस्पतालमा आगलागी, आठ नवजात शिशुको मृत्यु
मङ्गलबार, ०७ असोज २०७६, १३ : ५४
अल्जियर्स– अल्जेरियाको पूर्वी भागमा मङ्गलबार बिहान सबेरै एक अस्पतालको प्रसूति इकाइतर्फ भएको आगलागीमा परी आठ नवजात शिशुको मृत्यु भएको आकस्मिक सेवाले जनाएको छ । राजधानी अल्जियर्सबाट करिब ५ सय किलोमिटर टाढा रहेको ओयुड सोउफमा रहेको यस अस्पतालमा स्थानीय समयानुसार बिहान ३ः५० बजे सो आगलागी भएको जनाइएको छ ।
अस्पतालबाट ११ नवजात शिशु, १ सय ७ महिला र २८ जना कर्मचारीको उद्धार गरिएको आकस्मिक सेवाका प्रवक्ता नसिम बेनाओवीले एएफपी समाचार समितिलाई बताउनु भएको छ । दुर्भाग्यबस आठ शिशुको भने मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । –एएफपी/Photo: africa.cgtn.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ
-
कैलाश सिरोहियालाई पक्राउ गर्न कान्तिपुरमा पस्यो प्रहरी
-
वन मन्त्रीको सम्पत्ति : ९ वटा घर, राइफलसहित १५८ तोला सुन
-
पोखराको चक्रदेवी सहकारीमा तोडफोड, ९ जना पक्राउ
-
कानुनमन्त्री गिरीको सम्पत्ति : २३ तोला सुन, ४० लाख ऋण
-
गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा हेर्दाहेर्दैमा