एक हजार रुपैयाँ घुस लिएको आरोप : मालपोतका कर्मचारीले गरे आत्महत्या
भक्तपुर– घुस काण्डमा परेका केही कर्मचारीहरुले आत्महत्या गर्न थालेका छन् । एकजनाले त अख्तियार दुूरुपयोग अनुसन्धान आयोगका आयुक्तको नाममा पत्र लेखेर जीवन त्यागेका छन् । अख्तियारले नियन्त्रणमा लिएर छुटेका तीन जनाले यो भन्दा अगाडी आत्महत्या गरेका छन् ।
सोही क्रममा सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ५ कटुन्जेमा पनि एक जना कर्मचारीले आत्महत्या गरेका छन् । कंलकीस्थित मालपोत कार्यालयमा खरिदार पदमा कार्यरत रामहरि सुवेदीले आत्महत्या गरेका हुन् । सुवेदीको पुरानो घर सुनसरी इनरुवा नगरपालिका–५ घर भएपनि पछिल्लो केही वर्षदेखि कटुन्जेमा बस्दै आएका थिए ।
सोमबार दिउँसो करिब २ : ३० तिर ४७ वर्षीय सुवेदीले कटुञ्जेस्थित आफ्नै घरको भ¥याङ्गमा झुण्डिएर आत्महत्या गरे । कलंकी मालपोत कार्यालयमा रहँदा गएको असार महिनामा एक हजार रुपैयाँ लिँदै गरेको सीसी क्यामेराको दृश्यमा कैद भएको स्रोतको भनाई छ । छानबिनको क्रममा अख्तियारले उनलाई साउन २२ गते पक्राउ गरेको थियो । अख्तियारले पक्राउ गरी ४२ दिन थुनामा बसेर भदौ ३१ गते सुवेदी धरौटीमा रिहा भएर घर आएका थिए ।
भक्तपुर अस्पतालको परिसरमा मंगलबार रातोपाटीकर्मी पुग्दा आक्रोशित मुद्रामा रहेका सुवेदीका आफन्तको आरोप थियो ‘अख्तियारले पटक-पटक बयान लिँदा मानसिक तनावमा आएर उनले आत्महत्या गरे ।’ अबौं, करोडौँ घुस खानेहरुलाई अख्तियारले केही गर्न नसक्ने तर सेवाग्राहीले खुसी भएर एक हजार रुपैयाँ खाजा दिएको कुरालाई घुस भनेर तनाव दिएको आत्महत्या गर्न बाध्य बनाएको उनका आफन्तको भनाई छ ।
२०७५ माघ महिनामा सुवेदीका पिताको निधन भएको थियो । मृतक सुवेदीको शव भक्तपुर अस्पतालमा पोस्टमर्टमपछि आजै दाहसंस्कार गरिएको छ । सुवेदीको घरमा वृद्ध आमा, श्रीमती, एक छोरा र एक छोरी छन् ।
यसअघि पनि त्रिभुवन विश्वविद्यालयमा कार्यरत कर्मचारी लगायत विभिन्न सरकारी निकायमा कार्यरत ३ जना कर्मचारीले आत्महत्या गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण