बार्सिलोना चौथो स्थानमा
साविक विजेता वार्सिलोना स्पेनि ला लिगा फुटबलको चौथो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा बार्सिलोनाले भिल्लारियलाई २–१ गोलले हरायो । बार्सिलोनालाई जिताउन एन्टोइन ग्रीजम्यान र आर्थरले गोल गरे । भिल्लारियलका शान्ति काजोराले सान्त्वना गोल फर्काएका थिए ।
भिल्लारियलविरुद्ध बार्सिलोनाले स्टार खेलाडी लियोनल मेस्सी र लुइस स्वारेजलाई सुरुमै मैदानमा उतारेको थियो । ग्रीजम्यानले खेलको छैटौं मिनेटमा गोलगर्दै घरेलु टोलीको उत्साह बढाएका थिए । उनले मेस्सीको पासमा हेड गोल गरेका थिए । १५औं मिनेटमा आर्थरले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । आर्थरको डीबक्स बाहिरको शसक्त प्रहार सोझै गोल भएको थियो । त्यसपछि भिल्लारियलका सान्टि कजोर्लाले गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काउने प्रयास गरे ।
दोस्रो हाफमा दुवै टोलीले थप गोल गर्न नसक्दा बार्सिलोना विजयी भयो । जितसँगै बार्सिलोना चौथो स्थानमा उक्लिएको छ । बार्सिलोनाले ६ खेलबाट १० अंक बनाएको छ । आठ अंक बनाएको भिल्लारियल आठौं नै स्थानमा छ । शीर्ष स्थानमा रहेका ग्रानडा, एग्लेटिक बिल्बाओ र रियल म्याड्रिडको समान ११ अंक छ ।
यसैगरी मंंगलबार राति भएको अर्को खेलमा शीर्ष टोली ग्रानडा रियल भालाडोलिडसँग १–१ गोलको बराबरीमा रोकिएको छ । घरेलु मैदानमा ओस्कार प्लानोले १२औं मिनेटमा गोलगर्दै भालाडोलिडलाई सुरुवाती अग्रता दिलाए ।
ग्रानडाका कार्लोस फर्नान्डेजले ४२औं मिनेटमा बराबरी गोल फर्काएका थिए । त्यसपछि दुवै टोलीले गोल गर्न नसक्दा अंक बाँडेका थिए । बराबरीसँगै ६ अंक बनाएको भालाडोलिड १३औं स्थानमा छ । अर्को खेलमा रियल बेटिसले लिभान्तेलाई ३–१ गोलले हराएको छ । जितसँगै आठ अंक बनाएको बेटिस नवौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण