बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

अल्जेरियामा पूर्वराष्ट्रपतिका भाइलाई १५ वर्षको जेल सजाय

बुधबार, ०८ असोज २०७६, १३ : ४८
बुधबार, ०८ असोज २०७६

अल्जियर्स– अल्जेरियाको सैनिक अदालतले पूर्व राष्ट्रपति अब्देलाजिज बौतेलिफाका भाइलाई १५ वर्षको जेल सजाय दिएको छ ।  सन् २०१३ मा राष्ट्रपति बौतेलिफालाई हृदयघात भएर सख्त बिरामी भएपछि उनका भाइ सइद बौतेलिफाले राज्यका सम्पूर्ण कामकारबाही सम्हालेका थिए । सइद बौतेलिफा सहित गुप्तचर निकायका दुई जना पूर्व प्रमुखलाई सुनुवाईका लागि सोमबार सैनिक अदालतमा पेश गरिएको थियो । 

झण्डै दुई दशक सत्तामा रहेका पूर्व राष्ट्रपति बौतेलिफाको शासनकालमा भएका भ्रष्टाचार र शक्तिको दुरुपयोगका बारेमा हाल अल्जेरियाका विभिन्न अदालतमा मुद्दा चलिरहेका छन् । यी मुद्दाहरु खासगरी पूर्व राष्ट्रपतिसँग नजिक रहेका उच्च पदस्थ कर्मचारी र राजनीतिक नेताहरुमा केन्द्रित छ ।

पूर्व राष्ट्रपति बौतेलिफाले जनताले गरेको लगातारको प्रदर्शनपछि राजिनामा दिएका थिए । सैनिक अदालतमा सरकारी अभियोजनकर्ताहरुले पूर्व राष्ट्रपतिका भाइ सहित चार जनामाथि २० वर्षसम्मको जेल सजायका लागि माग गरे पनि अदालतले १५ वर्ष कायम गरेको थियो । –एएफपी/Photo: AFP

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप