एनआईसी एशिया बैंकका खातावालालाई बिमा रकम भुक्तानी
काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेडले ल्याएको बचत खाताको योजनाअन्तर्गत विभिन्न खातावाल महानुभावहरुलाई बिमा सुविधा अन्तर्गतको बिमा रकम दाबी भुक्तानी गरेको छ ।
जसअन्तर्गत बैंकको सुनवल शाखाका न्यू प्रिमियम समुन्नती बचत खातावाहक देउ प्रसाद गुरुङ दुर्घटनामा परी असामयिक निधन हुनुभएका कारण खातावालकी श्रीमती रन सुबा गुरुङलाई बिमा दुर्घटना वापतको रकम रु ४,९१,२५३ भुक्तानी गरिएको छ ।
यसैगरी बैंकले मेडिकल बीमावापतको रकम काठमाडौंको भोटाहिटी शाखाकी चमत्कारिक नारी बचत खातावाहक मीना चित्रकारलाई रु २६,५१९, नेपालगञ्ज शाखाकी चमत्कारिक बचत खातावाहक तारा कुमारी बुढाथोकीलाई रु ६७,९३३ भुक्तानी गरेको छ ।
त्यसैग्री, कलंकी शाखाका चमत्कारिक तलब बचत खातावाहक ज्ञान बहादुर पराजुलीलाई रु ५९,९०४, झापा केचनाकवल शाखाकी चमत्कारिक बचत खातावाहक पद्मा मिश्रलाई रु १०,४३९ र झापा झिलझिले शाखाका चमत्कारिक बचत खातावाहक शंकर थापालाई रु २८,७५० रकम भुक्तानी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण