राप्रपा संयुक्तले ‘जनकपुर–लुम्बिनी धार्मिक यात्रा’ गर्ने
राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले हिन्दु राष्ट्रको पक्षमा जनमत सृजना गर्न दशैं तिहारलगत्तै ‘जनकपुर–लुम्विनी धार्मिक यात्रा’ आयोजना गर्ने घोषणा गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपति शमशेर राणाले पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्रको पक्षमा जनमत सृजना गर्न तिहारलगत्तै सो धार्मिक यात्रा गर्ने घोषणा गरेका हुन् ।
दशैँ, तिहारसहितका चाडपर्वको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीको सो अभियानमा सबैलाई सहयोग, सद्भावना र सहभागिताका लागि पनि आग्रह गरे ।
अध्यक्ष राणाले मुलुकको राजनीतिक परिदृष्य निराशाजनक रहेको तथा आर्थिक परिसूचकहरु कहाली लाग्दो रहेको उल्लेख गर्दै त्यसबाट मुलुकलाई मुक्त गराउन नसकेको भन्दै सरकारको चर्को आलोचना समेत गरे ।
अध्यक्ष राणाले मुलुक र जनताको उन्नति र विकासका लागि सरकारले कुनै पनि खालको ठोस कदम चाल्न नसकेको दावी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण