शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपा संयुक्तले ‘जनकपुर–लुम्बिनी धार्मिक यात्रा’ गर्ने

शनिबार, ११ असोज २०७६, १६ : ०९
शनिबार, ११ असोज २०७६

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले हिन्दु राष्ट्रको पक्षमा जनमत सृजना गर्न दशैं तिहारलगत्तै ‘जनकपुर–लुम्विनी धार्मिक यात्रा’ आयोजना गर्ने घोषणा गरेको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपति शमशेर राणाले पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्रको पक्षमा जनमत सृजना गर्न तिहारलगत्तै सो धार्मिक यात्रा गर्ने घोषणा गरेका हुन् । 
दशैँ, तिहारसहितका चाडपर्वको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीको सो अभियानमा सबैलाई सहयोग, सद्भावना र सहभागिताका लागि पनि आग्रह गरे । 
अध्यक्ष राणाले मुलुकको राजनीतिक परिदृष्य निराशाजनक रहेको तथा आर्थिक परिसूचकहरु कहाली लाग्दो रहेको उल्लेख गर्दै त्यसबाट मुलुकलाई मुक्त गराउन नसकेको भन्दै सरकारको चर्को आलोचना समेत गरे । 

अध्यक्ष राणाले मुलुक र जनताको उन्नति र विकासका लागि सरकारले कुनै पनि खालको ठोस कदम चाल्न नसकेको दावी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप