शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

थप बलियो बन्दै लिभरपुल

शनिबार, ११ असोज २०७६, २१ : २७
शनिबार, ११ असोज २०७६

एजेन्सी – लिभरपुल इङ्लिश प्रिमियर लिग फुटबलमा थप बलियो बन्दै गएको छ । लिगमा अपराजित यात्रा कायम राखेको लिभरपुलले शनिबार भएको खेलमा सेफिल्ड युनाइटेडलाई १–० गोलले हरायो ।

लिभरपुलको जितमा जर्जिनियो विजनाल्डमले निर्णायक गोल गरे । जर्जिनियोले ७० औं मिनेटमा गोलगर्दै लिभरपुलको लय जारी राखे । जितसँगै शीर्ष स्थानमा रहेको लिभरपुलले सात खेलबाट २१ अंक बनाएको छ । लिभरपुलले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई आठ अंकले पछि पारेको छ । एकखेल कम खेलेको सिटीको १३ अंक छ । आठ अंक बनाएको सेफिल्ड १२औं स्थानमा छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप