दुई पार्टी एकतापछि अतालिएकाहरुले सरकारको विरोध गरे : मुख्यमन्त्री पोखरेल

बुटवल– प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले दुईवटा ठूला पार्टी मिलेर एउटा शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण भएकोले त्यसबाट अत्तालिएका र निराश भएकाहरुले पार्टी, सरकार र नेतृत्वमाथि हमला गरिरहेको आरोप लगाएका छन् । रुपन्देहीमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले सो आरोप लगाएका हुन् ।
सत्तारुढ नेकपाका स्थायी समिति सदस्य समेत रहेका मुख्यमन्त्री पोखरेलले एकताबाट अत्तालिएका र निराश भएकाहरुले यो एकतालाई कसरी कमजोर पार्न, नेताहरुलाई बदनाम गराउन नियोजित रुपमा प्रचार अभियान चलाएको आरोप लगाए । तत्कालीन एमाले र माओवादी केन्द्रले दुईवटा पार्टीलाई एकताबद्ध गरेर दुनियाँका सामु चुनौती खडा गरेको तर त्यो चुनौतीलाई सामना गर्न कार्यकर्ता पंक्तिलाई तयार गर्न नसकेको उनले स्वीकार गरे ।
उनले सरकारले सिण्डिकेट अन्त्य गर्न खोज्दा यातायात व्यवसायीहरु सरकारविरुद्ध उत्रिएको, मेनपावर व्यवसायीहरुले गरिरहेको ठगी नियन्त्रण गर्न खोज्दा वैदेशिक रोजगारीका नाममा ठगी गर्नेहरु सरकारविरुद्ध उत्रिएको उदाहरण दिँदै राम्रो काम गर्न खोज्दा हुने प्रहारबाट सरकार नडराउने पनि पोखरेलले चेतावनी दिए ।
मुख्यमन्त्री पोखरेलले संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारले सुधारका काम अगाडि बढाएको पनि दावी गरे । प्रदेश पाँच सरकारले मात्रै गतवर्ष दुईसय किलोमिटर सडक कालोपत्रे गरेको उल्लेख गर्दै उनले अब छिटै संघीय सरकारका कामहरु जनतामा देखिने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा सङ्घीय परिषद्को बैठक सुरु
-
त्रिवि परीक्षा नियन्त्रण कार्यालयले असार १५ गतेदेखि १० वटा सेवा अनलाइनमार्फत दिने
-
आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादी पक्राउ
-
संसद्मा बोल्न नपाएपछि प्रधानमन्त्रीको प्रतिप्रश्न– मज्जा लाग्यो ?
-
रास्वपाको विरोधपछि प्रधानमन्त्रीको प्रश्नोत्तर गर्ने कार्यक्रम स्थगित (तस्बिरहरू)
-
केन्द्रमा बढ्यो खेलकुदको बजेट, प्रदेशमा कस्तो छ ?