रेनु दाहालको चरित्र हत्या गरेको आरोपमा एकजना पक्राउ
काठमाडौं-चितवनको भरतपुर महानगरपलिकाकी मेयर रेनु दाहालको चरित्र हत्या गरी सामाजिक सञ्जालमा अश्लिल सामग्री लेख्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । मेयर दाहालको चरित्र हत्या हुने गरी सामाजिक सञ्जालमा अश्लिल सामाग्री राखेको आरोपमा ३० वर्षीय पशुपति श्रेष्ठलाई चितवन प्रहरीले पक्राउ गरेको हो । अन्य आरोपीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
दाहालको चरित्र हत्या हुनेगरी फेसबुकमा पोष्ट गरिएका अश्लिल श्रब्य दृष्य र स्टाटस हाल्नेहरुबिरुद्ध भरतपुर महानगरपालिकाले आज दिउँसो जिल्ला प्रहरी कार्यालय चितवनमार्फत गृहमन्त्रालय र प्रहरी मुख्यालयमा साईबर क्राईमको जाहेरी दर्ता गरेको थियो ।
शनिबार चितवनमा भएको ज्ञानेन्द्र शाहीमाथिको आक्रमणपछि केही सामाजिक सञ्जालका प्रयोगकर्ताले मेयर दाहालका तस्विर जोडी अर्धनग्न तस्विर, फेसबुक स्टाटस र फेक आईडी बनाई पोष्टसमेत गरेका थिए ।
अत्यन्तै निकृष्ट रुपमा महानगर प्रमुखको अपमान र चरित्र हत्या हुने गरी भ्रामक पोष्टहरु समप्रेषण हुनु आपत्तिजनक र अमानवीय व्यवहार भएकाले महानगरले कानुनी उपचार खोजेको जाहेरीमा दाबी गरिएको छ । घटनाबारे आवश्यक अनुसन्धान र गलत हर्कत गर्नेहरुको खोजी सुरु भैसकेको चितवन प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण