स्वास्थ्य मन्त्रालयद्वारा ३ जिल्लामा सामाजिक सेवा इकाई र ४ मा जेरियाट्रिक वार्ड थप
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो वर्ष थप ३ जिल्लामा सामाजिक सेवा इकाई शाखा थप गरेको छ । ३२ वटा अस्पतालहरुमा सेवा संचालन हुँदै आएकामा ३ जिल्ला गरी गरिएपछि अब ३५ वटा अस्पतालबाट सेवा प्रदान गरिने छ । यो वर्ष डडेल्धुरा अस्पताल, गौर अस्पताल र तुल्सीपुर अस्पताल दाङमा सेवा थप गरिएको हो ।
सामाजिक सेवा इकाइबाट विपन्न, अपाङ्ग, जेष्ठ नागरिक, लैगिक हिंसा पीडित (बालबालिका) महिला स्वास्थ्य स्वयमसेविका, प्राकृतिक प्रकोप, शहिद परिवार, कुपोषित बालबालिका, प्रहरीले ल्याएको थुनुवा, दुर्घटनामा परेका आकस्मिक बिरामी (अविभावक नभएको), सीमान्तकृत तथा लोपोन्मुख आदिवासी ,जनजाती लगायतका व्यक्तिहरुले निशुल्क स्वास्थ्य सेवा लिँदै आएका छन् ।
यस्तै मन्त्रालयले थप ४ अस्पतालमा जेरियाट्रिक वार्ड पनि संचालन गरेका छ । यसअघि १२ अस्पतालमा यो सेवा संचालन हुँदै आएकामा वार्ड मेची, जनकपुर, हेटौंडा, कर्णाली प्रदेश अस्पताल सुर्खेतमा थप गरिएको हो । जेरियाट्रिक वार्ड जेष्ठ नागरिकको लागि २०७० देखि शुरु गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
साउदी भ्रमणमा ट्रम्पले घोषणा गरे १४२ विलियन डलरको हतियार सम्झौताको घोषणा
-
ला लिगामा तीन खेल, सबैको नतिजा १-०
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा