स्वास्थ्य मन्त्रालयद्वारा ३ जिल्लामा सामाजिक सेवा इकाई र ४ मा जेरियाट्रिक वार्ड थप
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो वर्ष थप ३ जिल्लामा सामाजिक सेवा इकाई शाखा थप गरेको छ । ३२ वटा अस्पतालहरुमा सेवा संचालन हुँदै आएकामा ३ जिल्ला गरी गरिएपछि अब ३५ वटा अस्पतालबाट सेवा प्रदान गरिने छ । यो वर्ष डडेल्धुरा अस्पताल, गौर अस्पताल र तुल्सीपुर अस्पताल दाङमा सेवा थप गरिएको हो ।
सामाजिक सेवा इकाइबाट विपन्न, अपाङ्ग, जेष्ठ नागरिक, लैगिक हिंसा पीडित (बालबालिका) महिला स्वास्थ्य स्वयमसेविका, प्राकृतिक प्रकोप, शहिद परिवार, कुपोषित बालबालिका, प्रहरीले ल्याएको थुनुवा, दुर्घटनामा परेका आकस्मिक बिरामी (अविभावक नभएको), सीमान्तकृत तथा लोपोन्मुख आदिवासी ,जनजाती लगायतका व्यक्तिहरुले निशुल्क स्वास्थ्य सेवा लिँदै आएका छन् ।
यस्तै मन्त्रालयले थप ४ अस्पतालमा जेरियाट्रिक वार्ड पनि संचालन गरेका छ । यसअघि १२ अस्पतालमा यो सेवा संचालन हुँदै आएकामा वार्ड मेची, जनकपुर, हेटौंडा, कर्णाली प्रदेश अस्पताल सुर्खेतमा थप गरिएको हो । जेरियाट्रिक वार्ड जेष्ठ नागरिकको लागि २०७० देखि शुरु गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
-
स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव
-
सीमा विवादमा राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण