श्रीलंकाविरुद्ध पाकिस्तान विजयी
श्रीलंकाविरुद्धको एक दिवसीय क्रिकेट सिरिजको दोस्रो खेलमा पाकिस्तान विजयी भएको छ । सोमबार राति भएको खेलमा पाकिस्तानले पाहुना टोली श्रीलंकालाई ६७ रनले हरायो । एक दशकपछि पहिलो पटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय सिरिज खलेको हो ।
पाकिस्तानले दिएको तीनसय ६ रनको विजय लक्ष्य पछ्याएको श्रीलंका ४६.५ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ३८ रनमा समेटिएको थियो । श्रीलंकाका लागि शेहान जयसुर्या र दासुन शेनाकाले एक सय ७७ रनको उत्कृष्ट साझेदारी गरे । जयसुर्याले ९६ र शेनाकाले ६८ रन बनाएका थिए । हसरंगा डी सिल्भाले ३० रन बनाए । पाकिस्तानका उश्मान सिनवारीले पाँच विकेट लिए । सादव खानले दुई विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा तीनसय ५ रन बनाएको थियो । पाकिस्तानका लागि बाबर अजामले शतकीय पारी खेले । बाबरले एक सय १५ रन बनाए । फखर जमानले ५४, हरिस सोहिलले ४०, इफ्तिकर अहमेदले ३२ र इमाम उल हकले ३१ बनाएका थिए । श्रीलंकाका हसरंगा डी सिल्भाले दुई विकेट लिएका थिए ।
जितसँगै पाकिस्तानले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । यसअघि पहिलो खेल वर्षाका कारण रद्ध भएको थियो । तेस्रो खेल बुधबार हुनेछ । एकदिवसीय पनि दुई देशले तीनवटा टि–२० सिरिज पनि खेल्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण