सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

दशैं सुरु भएसगै महोत्तरीमा सवारी अनुगमन सुरु

मङ्गलबार, १४ असोज २०७६, २१ : ५७
मङ्गलबार, १४ असोज २०७६

बर्दिवास-हिन्दु नेपालीहरुको महान चाड दशैंको आगमनसंगै जिल्लामा  यातायात व्यवस्थापनमा कडाई गरिन थालिएको छ । ट्राफिक प्रहरी कार्यालय महोत्तरी ,ईलाका प्रहरी कार्यालय बर्दिवास, यातायात सेवा कार्यालय बर्दिवास, ईलाका प्रशासन कार्यालय बर्दिवास र बर्दिवास  नगरपालिकाको संयुक्त टोलीले सवारी अनुगन सुरु गरेको हो ।

मंगलवार बर्दिवास काठमाडौ सडक खण्डको बिपी राजमार्ग अन्तरगत महोत्तरीको बर्दिवास नगरपालिका ३ कालापानीमा संयुक्त सवारी चेक जाच तथा सवारी अनुगमन भएको छ । सो क्रममा ३० वटा ठुला तथा साना सवारी साधनलाई कारवाही गरी  ३० हजार राजस्व असुली गरिएको छ । चाड पर्वको बेला सवारी दुर्घटना न्युनिकरण गर्न तथा चाड पर्वमा हुन सक्ने भाडा दरमा यात्रु ठगी न्युनिकरण गर्न सो अभियान चलाइएको महोत्तरी ट्राफिक प्रहरीले जनएको छ ।  

अनुगमन टोलीले चेक जाचको क्रममा सिट क्षमताभन्दा बढी यात्रु बोक्ने,ओभर लोड बोक्ने, सवारीको कागजपत्र नबोक्ने ,बढी भाडा असुल्ने, सवारीको अवस्था ठिक नराख्ने, सिट बेल्ट र हेल्मेट नलगाउने ८ वटा सवारीका साधनको कागजपत्र नियन्त्रणमा लिई आवश्यक करवाही सुरु गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप