दशैं सुरु भएसगै महोत्तरीमा सवारी अनुगमन सुरु
बर्दिवास-हिन्दु नेपालीहरुको महान चाड दशैंको आगमनसंगै जिल्लामा यातायात व्यवस्थापनमा कडाई गरिन थालिएको छ । ट्राफिक प्रहरी कार्यालय महोत्तरी ,ईलाका प्रहरी कार्यालय बर्दिवास, यातायात सेवा कार्यालय बर्दिवास, ईलाका प्रशासन कार्यालय बर्दिवास र बर्दिवास नगरपालिकाको संयुक्त टोलीले सवारी अनुगन सुरु गरेको हो ।
मंगलवार बर्दिवास काठमाडौ सडक खण्डको बिपी राजमार्ग अन्तरगत महोत्तरीको बर्दिवास नगरपालिका ३ कालापानीमा संयुक्त सवारी चेक जाच तथा सवारी अनुगमन भएको छ । सो क्रममा ३० वटा ठुला तथा साना सवारी साधनलाई कारवाही गरी ३० हजार राजस्व असुली गरिएको छ । चाड पर्वको बेला सवारी दुर्घटना न्युनिकरण गर्न तथा चाड पर्वमा हुन सक्ने भाडा दरमा यात्रु ठगी न्युनिकरण गर्न सो अभियान चलाइएको महोत्तरी ट्राफिक प्रहरीले जनएको छ ।
अनुगमन टोलीले चेक जाचको क्रममा सिट क्षमताभन्दा बढी यात्रु बोक्ने,ओभर लोड बोक्ने, सवारीको कागजपत्र नबोक्ने ,बढी भाडा असुल्ने, सवारीको अवस्था ठिक नराख्ने, सिट बेल्ट र हेल्मेट नलगाउने ८ वटा सवारीका साधनको कागजपत्र नियन्त्रणमा लिई आवश्यक करवाही सुरु गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण