सिटीको सानदार जित
इङ्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा सानदार जित निकालेको छ । समूह ‘सी’ मा लगातार दोस्रो जित निकाल्ने क्रममा मंगलबार राति सिटीले क्रोएसियन क्लब डाइनामो जाग्रिवलाई २–० गोलले हरायो ।
घरेलु मैदान इतिहाद स्टेडियममा सिटीलाई जिताउन रहिम स्ट्रलिङ र फिल फोडेनले गोल गरे । पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको सिटीले दोस्रो हाफमा दुई गोल गरेको थियो । ६६औं मिनेटमा रहिमले रियाद महारेजको पासमा खाता खोलेका थिए । त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा फिल फोडेनले गोल गर्दै सिटीलाई सहज जित दिलाए ।
यही समूहको अर्काे खेलमा युक्रेनको साख्तर डोनेस्कले इटालियन क्लब एटलान्टालाई गोलले हरायो । साख्तरले पछि परेको स्थिति उल्ट्याएर जित निकालेको थियो । १८औं मिनेटमा डुभाज जापाटाले गोल गर्दै साख्तरलाई अग्रता दिलाए । ४१औं मिनेटमा जुनियर मोरायसले बराबरी गोल फर्काए ।
त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा मनोर सोलोमोनले गोल गर्दै साख्तको जित सुनिश्चित पारे । यस यस समूहमा लगातार दुई जित निकालेको सिटी ६ अंक सहित शीर्ष स्थानमा छ । दोस्रो स्थानम रहेको डाइनामो जाग्रिवको तीन अंक छ । तीननै अंक बनाएको साख्तर तेस्रो स्थानमा छ । अंकबिहिन एटलान्टा अन्तिममा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण