फोरजी सेवाले सङ्घीयता कार्यान्वयनमा सघाउँछ : मुख्यमन्त्री गुरुङ
पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल टेलिकमले सञ्चालनमा ल्याएको फोरजी इन्टरनेट सेवाले सङ्घीयता कार्यान्वयनमा सघाउने बताएका छन् ।
सेवाको आज पोखरामा भएको शुभारम्भ कार्यक्रममा उहाँले सामाजिक सञ्चार तथा विज्ञान र प्रविधिको क्षेत्रमा भएको आमूल परिर्वतनको उपयोगमार्फत जनताले सहज सेवा प्राप्त गर्ने भएकाले सङ्घीयताको कार्यान्वयनमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।
सेवा शुभारम्भबाट विज्ञान प्रविधिमा फड्को मारेको बताउँदै मुख्यमन्त्री गुरुङले भने, “टेलिकम्युनिकेशन र सोसल कम्युनिकेशनको माध्यमबाट मुलुकमा सुशासन कायम गर्न र कानूनी शासन कायम गर्न पनि योगदान हुन सक्दछ, यस अवसरमा गण्डकी प्रदेश सरकारका तर्फबाट हामी सबैलाई बधाई दिन चाहन्छु ।”
उत्पादन बढाउने तथा तीव्र आर्थिक विकासका माध्यमबाट गरिबी निवारण गर्ने सरकारी योजनालाई सफल बनाउनसमेत सेवा सञ्चालनबाट सहयोग पुग्ने बताउँदै उनले यसको प्रतिफल सबै जनतामा पुग्नेगरी लैजानुपर्नेमा जोड दिए ।
नेपाल टेलिकम पोखराका कार्यालय प्रमुख शैलेशबहादुर अमात्यले २०७३ साल पुस १७ गते राजधानी काठमाडौँ र पोखरामा सेवा शुरु गरिएको बताउँदै आजबाट बाग्लुङ, कुश्मा, दमौली, बेँसीशहर र मुक्तिनाथमा १७० एमबिपिएस गतिको चौथो पुस्ताको इन्टरनेट सेवा शुरु गरिएको जानकारी दिए ।
तिहारसम्म प्रदेशका ११ जिल्लाका सदरमुकाम तथा फागुनभित्रमा सबै जिल्लामा सेवा पु¥याइसकिने उनले बताए ।
कार्यालयका उपप्रबन्धक नरेन्द्रमानसिंह प्रधानले उच्च गतिको इन्टरनेट सेवामार्फत श्रव्य, दृश्य सामग्री सहुलियत दरमा नागरिकले प्राप्त गर्ने र आगामी दिनमा समेत नयाँ प्रविधिलाई संस्थागत गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मुख्यमन्त्री गुरुङले सो प्रविधिमार्फत भिडियो कुराकानी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण