भ्रमण वर्ष सफल पार्न अमेरिकाको शिकागोमा यस्तो तयारी
अमेरिका । नेपाल सरकारले आगामी वर्ष मनाउन लागेको भ्रमण वर्ष २०२० लाई सफल पार्न अमेरिकाको शिकागो शहरमा दश हजार पर्चा बाँडिने भएको छ ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको उपस्थितिमा अमेरिकामा रहेका नेपालीहरुको पुरानो संस्था एन्माले शिकागोमा एक कार्यक्रमको आयोजना गरि शो कार्यक्रमको घोषणा गरेको हो ।
एन्माका उपाध्यक्ष तथा पर्यटन प्रवद्धन कार्यक्रमका संयोजक तिलक केसीले आफूहरुले शिकागोमा रहेका स्थानीय संस्थाहरुसंगको सहकार्यमा दश हजार नेपाल चिनाउने पर्चा बाड्ने योजना राखेको बताएका हुन् । एन्माका निर्वतमान अध्यक्ष तथा शिकागोका अगुवा ब्यवसायी बाला घिमीरेका अनुसार एन्माले शिकागोका ब्यस्त स्थलहरुमा पुगेर पर्चा बाड्नुका साथै विभिन्न ब्यवसायहरुमा पनि नेपाल चिनाउने र पर्यटन वर्षलाई सहयोग हुने खालका पोस्टरहरु राख्ने कार्यक्रम लिएको बताए ।
अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्की तथा अमेरिकन समुदायको समेत बाक्लो उपस्थितिमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपाल भ्रमण बर्ष सफल बनाउन अमेरिकामा रहेका सबै नेपालीहरुलाई सकृय भएर लाग्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण