एकल पुरुषले पनि मासिक भत्ता पाउने
शुक्रबार, १७ असोज २०७६, १४ : १३

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका एकल पुरुषले पनि मासिक रु ५०० का दरले भत्ता पाउने भएका छन् । गाउँपालिकाले कार्यविधि बनाइसकेकाले यस आवको साउनदेखि नै लागू हुने गरी भत्ता वितरण गर्न लागिएको हो ।
गाउँपालिकाभित्र करीब ३५० एकल पुरुष भएको अनुमान गरिएको हुँदा नाम सङ्कलन गरेर एकिन विवरण प्राप्त भएपछि वितरण गरिने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए।
महिला र पुरुष समान भनिँदै आएका सन्दर्भमा एकल पुरुषलाई पनि मासिक भत्ता दिन उपयुक्त ठहर गरी आन्तरिक स्रोतबाट प्रदान गर्ने गरी गाउँपालिकाको सभाले रु २० लाख बजेट पारित गरेको अध्यक्ष शेर्पाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटक आकर्षणको केन्द्र बन्दै ‘ढोरपाटन जलजला’
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
-
‘लोक सेवा आयोग हीरक महोत्सव तयारीमा व्यस्त’
-
जुनसुकै बेला जेसुकै हुन सक्छ, तयार भएर बस्नुहोस्: गृहमन्त्री
-
‘अपरेसन सिन्दूर’ को बारेमा भारतीय जनरलको नयाँ खुलासा
-
उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकाल र ‘आइएमएफ’ नेपाल मिसन प्रमुखबीच भेटवार्ता