त्रिवि उपकुलपतिमा डा. भगवानको सम्भावना
काठमाडौं - त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपतिमा नियुक्तिका लागि कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको संयोजत्वमा गठित सिफारिस समितिले डा. भगवान् कोइरालासहित तीनजनाका सिफारिस गरेको छ।
त्रिविका सहकुलपति पोखरेलको संयोजकत्वमा गठित समितिले बिहीबार उपकुलपतिमा नियुक्तिका लागि पहिलो नम्बरमा डा. कोइराला, दोस्रो नम्बरमा मेडिकल काउन्सिलका निवर्तमान अध्यक्ष डा. धर्मकान्त बाँस्कोटा र तेस्रो नम्बरमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षसमेत रहेका डा. चन्द्रमणि पौडेलको नाम कुलपति एवं प्रधानमन्त्री ओलीसमक्ष सिफारिस गरेको हो। समितिका सदस्य डिल्लीराम शर्माले त्रिविको उपकुलपतिका लागि तीनजनाको नाम कुलपतिसमक्ष सिफारिस गरेको बताए। तीनजनामध्ये कुलपतिलाई उपयुक्त लागेको एकजना व्यक्ति त्रिविको उपकुलपतिमा नियुक्त हुने उनको भनाइ छ।
सिफारिस समितिका एक सदस्यका अनुसार प्रधानमन्त्री ओलीकै इच्छा र चासोमा डा. भगवान्को नाम एक नम्बरमा राखेर सिफारिस गरिएको हो ।
सिफारिस समितिले उपकुलपतिमा नियुक्तिका लागि सिफारिस गरेसँगै डा. भगवान्को उपकुलपतिमा नियुक्तिका लागि सम्भावना बढेर गएको नागरिक दैनिकमा खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण