सुनसान हुँदै काठमाडौँ
काठमाडौं– दशैँ मनाउन सर्वसाधारणहरु घरघर गएकाले काठमाडौँ उपत्यका सुनसानजस्तै देखिन थालेको छ । उपत्यकामा मानिसहरुको चहलपहल न्यून बन्दै गएको छ भने सवारी साधनसमेत पातलिएका छन् ।
अघिपछि सवारी जाम हुने विभिन्न चोकहरुमा आइतबार रोकिनु नपरेको महानगरीय ट्राफिक प्रहरी महशाखाले जनाएको छ । सीमित मात्रामा भाडाका र निजी गाडी तथा मोटरसाइकल चलेका छन् । सवारी कम भएकाले शनिबार दिउँसो पनि कार्यस्थलमा खटिएका ट्राफिक प्रहरीहरु फुर्सदिला देखिएका थिए ।
कलङ्की, कोटेश्वर तथा न्यूरोडलगायत व्यापारिक क्षेत्रहरुमा अझै केही भीडभाड रहेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । सो क्षेत्रमा सवारी व्यवस्थापनका लागि ट्राफिक प्रहरी खटाइएको उनले बताए । महाशाखाले दिएको तथ्याङ्कअनुसार शनिबार मात्रै तीन लाख ४५ हजार मानिस राजधानीबाट बाहिरिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण