प्रहरी हवल्दारले नै दुई जना बालक अपहरण गर्न खोजेपछि....
जनकपुर – धनुषाको सिमावर्ती क्षेत्रमा प्रहरीले दुई जना बालकलाई (अपहरण) हातपात गर्दै हत्कडी लगाएर भारत तर्फ लग्न खोजेपछि स्थानीयवासीआक्रोशित बनेका छन् ।
मङ्गलवार करिब ११ बजे नगराइन नगरपालिका वडा नम्बर ८ बस्ने १६ वर्षीय बिजय साह हलुवाई आफ्नो भाउजुलाई माइती छाडेर मोटरसाइकलबाट आउदै गर्दा खिरखिरया–बिर्ताको मोडिमा हवल्दार प्रेम शंकर ठाकुरले एक्कासी नियन्त्रणमा लिएका भन्दै आक्रोशित भएका हुन् ।
हवल्दार ठाकुरले बिजय र ११ वर्षीय राजकुमार मण्डललाई हत्कडी लगाएर भारत तर्फ लग्न खोजेको स्थानीयबासीको आरोप छ । आक्रोशित स्थानियवासीले प्रहरीले बालकलाई नियन्त्रणमा लिएको र कुटपिट गरेको भन्दै स्थानीयवासीले बहुअर्वा प्रहरी चौकी घेराउ गरेका छन् ।
भीड बढ्न थालेपछि प्रहरीले विभिन्न ठाउमा गरि ५ राउन्ड अश्रुग्यास प्रहार गरेका छन् भने अहिले अवस्था शान्तिपुर्ण रहेको बहुअर्वा प्रहरी चौकीका असई रामबाबु रायले बताए ।
उनका अनुसार नियन्त्रणमा रहेका घुमुवा प्रहरी हवल्दार ठाकुर र उनका सहयोगी राजेश साहलाई जिल्ला प्रहरी कार्यालय धनुषामा जिम्मा लगाइएको छ ।
पीडित दुई जनालाई स्थानीय जनप्रतिनिधि तथा अभिभावकको जिम्मा लगाइने बताए । बिजयले आफुलाई ठाकुरले थप्पडै थप्पडले हिर्काएको र हत्कडी लगाएर मोटरसाइकलमा बसाएर सिमावर्ती क्षेत्र तर्फ लग्न खोजेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिर जग्गा घोटालामा को–को विरुद्ध जारी भयो पक्राउ पुर्जी ? (नामावलीसहित)
-
अस्ट्रेलिया जानेका लागि मेडिकल अप्वाइन्टमेन्ट अब अर्बिटबाट
-
कौडीको मूल्यमा ७९ वर्षसम्मका लागि २८ रोपनी जग्गा भाडामा
-
गृहमन्त्री लामिछानेलाई संसद्मा बोल्न दिन कांग्रेस तयार
-
सहकारी समस्या समाधानका विषयमा हामी प्रष्ट छौँ : प्रमुख सचेतक पाण्डे
-
बागमती प्रदेशसभाको बर्खे अधिवेशन आह्वान गर्न सिफारिस