क्राइस्टचर्च सम्झाउने घटना जर्मनीमा : यहूदी प्राथनास्थलबाहिर गोलीबारी गर्दा दुईको मृत्यु, इन्टरनेटमा लाइभ स्ट्रिमिङ
बर्लिन । जमर्नीको पूर्वी सहर हालेमा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा बुधबार दुई जनाको मृत्यु भएको छ । घटना यहूदी प्राथनास्थल बाहिर भएको थियो ।
बन्दुकधारी गोलीबारी गर्दै प्राथनास्थलभित्रै पसेर गोलिबारी गर्न चाहन्थे तर उनी सफल हुन सकेनन् । उक्त समय प्राथनास्थलभित्र ८० भन्दा बढी श्रद्धालु उपस्थित थिए ।
ती बन्दुकधारीले भिडियो बनाउनका लागि आफ्नो टाउकोमा क्यामरा पनि लगाएका थिए । उनले भिडियो गेमिङ प्लयाटफर्म टवीचमा लाइभ स्ट्रिमिङ पनि गरेका थिए । तर, केही समयमा नै त्यसलाई हटाइएको थियो ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमलालाई युरोपमा यहूदी विरोधी भावनाको अर्को एउटा उदाहरण करार दिए ।
जर्मनीका सुरक्षा अधिकारीहरुले एक संदिग्ध हमलावरलाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा २७ वर्षीइ बेनड्रफ रहेका छन् ।
धार्मिक स्थलमा भएको यो हमलाको तरिका गत मार्चमा न्युजिल्याण्डको क्राइस्टचर्चमा भएको हमला जस्तै थियो । त्यहाँ मार्चमा २८ वर्षीय ब्रेन्टन टरेटले मस्जिदमा अन्धाधुन्ध फायरिङ गरेर ५१ जनाको हत्या गरेका थिए । उनले आफ्नो टाउकोमा क्यामरा राखेर फेसबुकमा लाइभ स्ट्रिमिङ गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण