बलिउडका पहिलो सुपरस्टार जसको फिल्मले कमाएको थियो १ करोड भारु
हिन्दी फिल्मका पहिलो हिरोको जन्म सन् १९११ अक्टोबर १३ मा भएको थियो । एक यस्ता नायक जो मुम्बईमा हिरो नभई प्राविधिक बन्न आएका थिए तर भाग्यले डोराएर नायक बने र हेर्दा हेर्दै सुपरस्टार बने । यी सुपरस्टारको स्टाइल, डायलग मानिसहरुको मुख मुखमा झुण्डिन्थ्यो । यहाँ हामी अशोक कुमार बारे कुरा गर्दैछौं ।
अशोक कुमारको जन्म अक्टोबर १३ सन् १९११ को भागलपुर बिहारमा भएको थियो । उनको नाम कुमुदलाल गांगुली थियो र फिल्म इन्डस्ट्रिमा उनलाई ‘दादामुनि’ भनिन्थ्यो ।
यसकारण कुमुदलाल नाम परिवर्तन गरेर ‘अशोक कुमार’ गरे–
सन् १९३६ को बम्बे टकिजअन्तर्गत बनिरहेको फिल्म ‘जीवन नैया’ को सुटिङ सुरु हुनु अघि त्यसका मुख्य नायक नायिका देविका रानी र नजमुल हसनबीच मतभेद भयो जसका कारण फिल्मका निर्माता हिमांशु रायले नजमुलको सट्टा कुमुदलाल (अशोक कुमार) लाई फिल्ममा बोलाए । यद्यपि, फिल्मका निर्देशक यो कुरासँग खुसी थिएनन् तर पनि हिमांशुले उनलाई फिल्ममा लिए र पहिलो पटक कुमुदलाल गांगुलीको स्क्रिन नाम ‘अशोक कुमार’ राखिदिए । यस्तो यसकारण किनभने त्यतिबेला नायकले आफ्नो वास्तविक नाम पर्दामा उजागर गर्दैनथे ।
सन् १९४३ मा रिलिज भएको फिल्म किस्मतले बक्स अफिसको सबै रेकर्ड तोडेको थियो र जताततै अशोक कुमारको नामको चर्चा सुरु भएको थियो । अशोक कुमार हरेकको पहिलो रुची थिए । किस्मत पहिलो यस्तो फिल्म थियो जसले १ करोड भारुको कमाई गरेको थियो ।
जब राज कपुरकी श्रीमतीले अशोक कुमारलाई हेर्न घुम्टो उठाइन्ः
जुन दिन राज कपुरको विवाह भएको थियो, त्यतिबेला अशोक कुमार सुपरस्टार थिए । यो कुरा सन् १९४६ को हो । भारतीय मिडियामा प्रकाशित रिपोर्ट अनुसार मञ्चमा राज कपुर र उनकी श्रीमती कृष्णा कपुर उपस्थित थिए । विवाहमा अशोक कुमार उपस्थित भएको खैलाबैला मच्चियो । त्यसपछि कृष्णाले अशोक कुमारको एक झलक पाउनका लागि आफ्नो घुम्टो उठाएर हेरिन् । राज कपुरलाई कृष्णा कपुरको यो उत्सुकताले निकै ठेस पुगेको थियो र उनले धेरै दिनसम्म रिसाएर कृष्णासँग कुरा पनि गरेका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण