टेनिसमा १५ वर्षीया गाउफको कमाल
सोमबार, २७ असोज २०७६, १० : ४६
एजेन्सी–अमेरिकाकी कोको गाउफ कम उमेरमा डब्लुटीए टेनिस उपाधि जित्ने खेलाडी बनेकी छन् ।
१५ बर्षीया गाउफले अस्ट्रियाको लिन्ज ओपन टेनिस जित्दै कम उमेरमा डब्लुटीए टेनिसको उपाधि जित्ने कीर्तमान रचिन् ।
कम उमेरमै कमाल गरेकी गाउफले आइतबार राति भएको फाइनल खेलमा लात्भियाकी जेलेना ओस्टापेन्कोलाई ६–३, १–६, ६–२ को सेटमा हराइन् ।
गाउफको यो पहिलो डब्लुटीए उपाधि हो । जितपछि गाउफले आफ्ना लागि यो साता अतुलनीय भएको बताइन् ।
‘म यस क्षणलाई कहिल्यै भुल्न सक्दिन । मलाई आशा छ, भविश्यमा अझै राम्रो गर्नेछु,’ गाउफले भनिन् । गाउफले हराएकी ओस्टापेन्को सन् २०१७ को फ्रेन्च ओपन विजेता खेलाडी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण