करिनाको तारिफ गर्दा गर्दै आलियाको मुखबाट फुत्कियो अश्लील शब्द, करण जोहरको यस्तो प्रतिक्रिया (भिडियो)
आलिया भट्टलाई धेरैले नसोचिकन बोल्ने नायिकाको उपमा दिएका छन् । हालै उनीमाथि ठ्याक्कै यस्तै भएको छ । एक कार्यक्रमका बेला आलियाको मुखबाट करिनाको तारिफ गर्दागर्दै अश्लील शब्द (एफ वर्ड) निस्कियो ।
आलिया केही दिन अघि करिना कपुर खान र करण जोहरसँग जियो मामी फिल्म फेस्टिबलमा समावेश भइन् । यतिबेला करणसँगको कुराकानीमा एक प्रश्नको जवाफमा आलियाले करिनाको तारिफ गर्न सुरु गरिन् । आलियाले भनिन्, ‘करिनाले एकपछि अर्को फिल्ममा काम गरिरहेकी छिन् । मानिसहरु भन्छन् कि विवाह भएपछि जीवन थोरै स्लो हुन्छ तर करिनाको यस्तो भएन । कतिले बच्चा भएपछि जीवन स्लो हुन्छ पनि भन्छन् तर उनको यस्तो पनि भएन । उनी सधैंझैँ हाम्रो लागि प्रेरणा बनेकी छिन् । मेरोलागि मात्र होइन मेरा साथीहरुका लागि पनि ।’
आलियाले थपिन्, ‘हामी सधैं उनको तस्बिर हेर्छौं र उनको जिम लुकको तारिफ गर्छौं । हामी सोच्छौं कि उनी कति हट छिन् । उनी कहिले यति सुन्दर र हट देखिन बन्द गर्छिन् ? यहाँसम्म कि उनी ट्र्याक पाइन्छ, चप्पल र टिसर्टमा पनि उत्कृष्ट देखिन्छिन् ।’ यति भन्दा भन्दै आलियाको मुखबाट अश्लील शब्द निस्कन्छ जुन सुनेर करिनाले आफ्नो हात मुखमा राख्दै भनिन्, ‘भर्खरै के भयो ?’ करणले पनि दोहोराएर उनले के भनिन् भनेर सोधे ? जब यसबारे थाहा भयो कडा स्वरमा आलियालाई भने, ‘के मैले तिमीलाई यसरी नै हुर्काएँ ?’
आलियाले आफ्नो मुख छोपेर बेस्सरी हाँसिन् । भिडियो हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण