नेपाल एयरलाइन्सको ओसाका उडान उत्साहजनक
काठमाडौं – राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले ओसाका (जापान) उडानमा आशातित व्यापार गरेको छ ।
निगमका प्रवक्ता गणेशबहादुर चन्दले निगमको ओसाका उडान नियमित भइरहेको र आशातित व्यापार गर्न सफल भएको जानकारी दिए । “निगमको ओसाका उडान नियमित भइरहेको छ । अक्टोबरबाट दुईतर्फी यात्रुको सङ्ख्या बढेको छ । यात्रुको सङ्ख्या प्रति उडान १५० देखि २०० सम्म हुने गरेको छ । यसले हामीलाई उत्साहित बनाएको छ”, उनले भने ।
निगमले वाइड बढी ए–३३० जहाजमार्फत जापानको ओसाका कन्साइ इन्टरनेशनल एयरपोर्टमा साताको दुई दिन मङ्गलबार र शनिबार उडान भर्दै आएको छ । निगमले सो गन्तव्यमा गत भदौ १२ गतेदेखि सिधा उडान सेवा शुरु गरेको थियो ।
शुरुका दिनमा यात्रुको कमी रहे पनि पछिल्लो समय यात्रुको अकुपेन्सी क्रमशः बढिरहेको र व्यापार पनि सन्तोषजनक रहेको निगमले जनाएको छ । नेपालमा पर्यटकीय याम शुरु भएकाले पनि जापानबाट आउने पर्यटकले गर्दा निगमलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ ।
नेपालमा अहिले चलिरहेको गैरआवासीय सङ्घको नेपाली विश्व सम्मेलन, दशैँ, तिहार तथा छठ पर्व आदिका कारण पनि निगमको ओसाका उडानमा अकुपेन्सी बढेको देखिन्छ ।
निगमले छिट्टै जापानको राजधानी टोकियोको नारिता इन्टरनेशनल एयरपोर्टमा सिधा उडान भर्ने तयारी गरेको छ । टोकियोमा नेपालीको बसोबास बाक्लो भएकाले त्यहाँबाट निगमको व्यापार पनि राम्रो हुने अपेक्षाका साथ निगमले आवश्यक तयारी गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण