काश्मिरी सीमा क्षेत्रमा नौ भारतीय सैनिक मारिएको पाकिस्तानी सेनाको दावी
इश्लामावाद-भारत र पाकिस्तानको सीमाको लाइन अफ कन्ट्रोल क्षेत्रमा पाकिस्तानी सेनाले गरेको सुरक्षा कारबाहीमा नौ भारतीय सैनिकको मृत्यु भएको र कैयौँ अन्य घाइते भएको पाकिस्तानी सेनाले आइतबार जानकारी गराएको छ ।
उक्त स्थानमा भएको दोहोरो भिडन्तका क्रममा भारतीय सैनिकका दुई ‘बङ्कर’हरू नष्ट गरेको पाकिस्तानी सेनाले दावी गरेको छ ।
यसबारे पाकिस्तानका सैन्य प्रवक्ता मेजर जनरल असिफ गफूरले सामाजिक सञ्जाल ट्वीटरमार्फत् दिएको जानकारी अनुसार उक्त घटनामा एक पाकिस्तानी सैनिक र तीन सर्वसाधारणको मृत्यु भएको छ भने दुई सैनिक र पाँच सर्वसाधारण घाइते भएका छन् । पाकिस्तानी अधिकारीले उक्त क्षेत्रमा दोहोरो भिडन्त भएको बताएका छन् ।
उनले भने, “भारतीय पक्षले जुरा, शाहकोट र नौसेरी क्षेत्रमा सर्वसाधारणलाई लक्षित गरेर युद्धविराम उल्लङ्घन गरे । यसको सशक्त प्रतिरोध गर्ने क्रममा नौ भारतीय सैनिक मारिएका छन् भने कैयौँ घाइते भएका छन् । उक्त घटनामा भारतीय सेनाको सुरक्षार्थ बनाइएका दुई ‘बङ्कर’लाई नस्ट गरिएको छ ।”
घटनाबार जानकारी दिँदै उनले थपे, “दोहोरो भिडन्तमा पाकिस्तानतर्फका एक सैनिक र तीन सर्वसाधारणले शाहदत प्राप्त गरेका छन् । घटनामा दुई सैनिक र पाँच पाकिस्तानी घाइते भएका छन् ।”
आइतबार पाकिस्तानी पक्षले तोप आक्रमणमार्फत् ताङ्धार क्षेत्रमा हमला गरेपछि दोहोरो भिडन्त भएको भारतीय पक्षको दावी रहेको छ । भारतीय सैनिकको दावी अनुसार भारतले पाकिस्तानविरूद्ध गरेको प्रत्याक्रमणमा चार÷पाँच पाकिस्तानी सैनिकको मृत्यु भएको थियो । एएनआई/Photo:BBC/Hindi
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण