आलिया भट्टले गराइन् अण्डरवाटर फोटोसुटः प्रशंसकले भने, ‘सुन्दर जलपरी’
आलिया भट्ट एक सुन्दर नायिकाको रुपमा परिचित त छिन् नै, उनको ड्रेसिङ स्टाइलको पनि अत्यधिक चर्चा हुनेगर्छ । तर आजकाल आलिया आफ्नो अण्डरवाटर फोटोसुटका लागि चर्चामा छिन् जुन उनले फेसन म्यागजिन भोगका लागि गराएकी छिन् ।
आलियाले यो फोटोसुटको कभर आफ्नो इन्स्टाग्राममा सेयर गरेकी छिन् जसलाई प्रशंसकले निकै रुचाइरहेका छन् । कभर फोटोमा आलिया नियोन ग्रीनको बिकिनी स्टाइल ड्रेस लगाइरहेको देखिएकी छिन् । उनले यो पोज पानीभित्र दिएकी छिन् । प्रशंसकका अनुसार यो आलियाको अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट लुक हो । कतिले उनलाई सुन्दर जलपरीको पनि संज्ञा दिएका छन् ।
आलियाको कामको कुरा गर्ने हो भने उनी अहिले आफ्ना बुवा महेश भट्टको फिल्म ‘सडक टु’ को सुटिङ गरिरहेकी छिन् । यसमा उनी पूजा भट्ट र संजय दत्तकी छोरीको भूमिकामा देखिनेछिन् ।
यसबाहेक उनीसँग करण जोहरको ‘तख्त’ पनि छ जसमा उनी रणबीर सिंह, अनिल कपुर, करिना कपुर खान, जान्ह्वी कपुर र भूमि पेडनेकर पनि हुनेछन् । यस्तै, रणबीर कपुरसँग पनि आलियाको ब्रम्हास्त्र नामको एउटा फिल्म छ । यसमा अमिताभ बच्चन पनि देखिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वन्यायाधीशको निधनपछि सर्वोच्चका सबै सुनुवाइ स्थगित
-
कोशीका मुख्यमन्त्री कार्की रिट निवेदन बोकेर सर्वोच्चमा
-
यी हुन् कार्कीलाई कोशीको मुख्यमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गर्ने ५२ सांसद (सूचीसहित)
-
बागमती प्रदेशसभाको वर्षे अधिवेशन आह्वान गर्न सिफारिस
-
सामूहिक छुट्टीमा जाने २५ जना कर्मचारी बर्खास्त
-
कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको दाबी पेश