आलिया भट्टले गराइन् अण्डरवाटर फोटोसुटः प्रशंसकले भने, ‘सुन्दर जलपरी’
आलिया भट्ट एक सुन्दर नायिकाको रुपमा परिचित त छिन् नै, उनको ड्रेसिङ स्टाइलको पनि अत्यधिक चर्चा हुनेगर्छ । तर आजकाल आलिया आफ्नो अण्डरवाटर फोटोसुटका लागि चर्चामा छिन् जुन उनले फेसन म्यागजिन भोगका लागि गराएकी छिन् ।
आलियाले यो फोटोसुटको कभर आफ्नो इन्स्टाग्राममा सेयर गरेकी छिन् जसलाई प्रशंसकले निकै रुचाइरहेका छन् । कभर फोटोमा आलिया नियोन ग्रीनको बिकिनी स्टाइल ड्रेस लगाइरहेको देखिएकी छिन् । उनले यो पोज पानीभित्र दिएकी छिन् । प्रशंसकका अनुसार यो आलियाको अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट लुक हो । कतिले उनलाई सुन्दर जलपरीको पनि संज्ञा दिएका छन् ।
आलियाको कामको कुरा गर्ने हो भने उनी अहिले आफ्ना बुवा महेश भट्टको फिल्म ‘सडक टु’ को सुटिङ गरिरहेकी छिन् । यसमा उनी पूजा भट्ट र संजय दत्तकी छोरीको भूमिकामा देखिनेछिन् ।
यसबाहेक उनीसँग करण जोहरको ‘तख्त’ पनि छ जसमा उनी रणबीर सिंह, अनिल कपुर, करिना कपुर खान, जान्ह्वी कपुर र भूमि पेडनेकर पनि हुनेछन् । यस्तै, रणबीर कपुरसँग पनि आलियाको ब्रम्हास्त्र नामको एउटा फिल्म छ । यसमा अमिताभ बच्चन पनि देखिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण