लुकाइछिपाइ राखिएको पटाका बरामद
सोमबार, ०४ कात्तिक २०७६, १० : २१
सप्तरीको राजविराजस्थित नेताचोकबाट लुकाइछिपाइ राखिएको पटाका गएराति प्रहरीले बरामद गरेको छ ।
विशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले सप्तरीको राजविराज नगरपालिका–४ स्थित नेताचोकबाट पटकाहरु बरामद गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।
बेवारिसे अवस्थामा लुकाइएको पटाकाहरु विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीले जाँच गर्दा विभिन्न ब्राण्डका पाँच बोरा अन्दाजी रु एक लाख ५० हजार बराबरको पटाकाहरु बरामद गरिएको प्रहरी नायब उपरीक्षक भारतीले बताए ।
बरामद गरिएको उक्त परिणामका पटाकालाई जिल्ला प्रहरी कार्यालयमा आजै नष्ट गरिने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारद्वारा राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता
-
अब रगतबाटै क्यान्सरको परीक्षण
-
विपक्षी दलको बैठकमा सत्तापक्षका माधव नेपाललाई पनि निम्तो
-
१ लाख ४० हजारको उच्च रेकर्डबाट ओर्लियो सुनको भाउ
-
सभामुख संसदीय मर्यादामा नबसेको कांग्रेसको निष्कर्ष
-
दलमा लागेका शिक्षकमाथिको कारबाही विवरण १५ दिनभित्रमा पेस गर्न निर्देशन