विवाह अघि नै आमा बन्दैछिन् नायिका कल्की कोचलिन
सोमबार, ०४ कात्तिक २०७६, १२ : ०२
शनिबार राती मुम्बईमा ‘भोग वुमन अफ द इयर’ अवार्डको आयोजना भयो । यो कार्यक्रममा सबैभन्दा विशेष उपस्थिती अभिनेत्री कल्की कोचलिनको रह्यो ।
रेड कार्पेटमा कल्कीले पहिलोपटक आफ्नो बेबी बम्प देखाएकी थिइन् ।
कल्की पहिलो पटक गर्भवती छिन् र उनले चाँडै नै पहिलो सन्तानलाई जन्म दिँदैछिन् ।
विवाह अघि सन्तानको योजना बनाएका कारण कल्कीको निकै चर्चा छ ।
३५ वर्षकी कल्की डिसेम्बरमा प्रेमी गाय हर्सबर्गको बच्चालाई जन्म दिनसक्ने अनुमान गरिएको छ ।
कल्कीले बच्चालाई वाटर बर्थिङमार्फत् जन्म दिने जानकारी दिएकी छिन् ।
यसअघि कल्कीले सन् २०११ मा फिल्म निर्माता अनुराग कश्यपसँग विवाह गरेकी थिइन् । यद्यपि, सन् २०१५ मा यी दुईको सम्बन्धविच्छेद भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण