पूर्वसांसद गायत्री साहलाई ३ दिनभित्र आफ्नो शिशु लैजान उच्च अदालतको आदेश (पत्र सहित)
काठमाडौं । पूर्वसांसद गायत्री साहलाई पाटन उच्च अदालतले उनको शिशु लैजान आदेश दिएको छ ।
साहले ०७५ फागुन २८ गते मेडिसिटी अस्पतालमा छोरा जन्माएकी थिइन् । दुबै खुट्टा केही बांगो रहेको देखिएपछि एनआइसियुमा लामो समय शिशुलाई उपचारमा राखिरहेकै अवस्थामा साहले छोडेकी थिइन् ।
साहले अस्पतालकै कारण आफ्नो छोराको स्वास्थ्यमा समस्या आएको भन्दै शिशुको बाँकी जिम्मा अस्पतालले नै लिनुपर्ने अडान राखेकी थिइन् । अस्पताल प्रशासन र चिकित्सकहरुले भने साहको छोरालाई ‘डाउन सिन्ड्रोम’ भएको बताउँदै आएका छन् ।
शिशु जन्मेको ८ महिना हुँदासमेत साहले शिशुलाई लैजान नमानेपछि वीर अस्पतलामा कान्ति बाल अस्पतालका प्रमुख कन्सल्टेण्ट बालरोग विशेषज्ञ डा. पंकज राय र डा. रामहरी चापागाईसहितको चिकित्सक टोलीले शिशुको थप स्वास्थ्य परीक्षण गरेको थियो ।
स्वास्थ्य परीक्षण गर्दा शिशुलाई ‘डाउन सिन्ड्रोम’ देखिएको र हाल शिशुको स्वास्थ्य अवस्था सामान्य भएकाले डिस्चार्ज गरेर घर लैजान सकिने जनाइएको छ ।
गत असोज ८ गतेको आदेशअनुसार शिशुको हक प्रचलनका लागि बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६५ (३) बमोजिम बालबालिकाको अधिकारको प्रचलन गराउने प्रयोगार्थ शिशुका अभिभावकलाई तीन दिनभित्र शिशु लैजान उच्च उदालनले निर्देशन दिएको हो ।
अदालतले ०७६ असोज ३० गते पत्र काटेको थियो । तर कात्तिक ३ भईसक्दासम्म साह अस्पतालमा शिशुलाई लिन नगएको अस्पताल स्रोतले जनाएको छ । हाल शिशुलाई एक जना स्टाफ नर्सको रोहवरमा जनरल वार्डमा राखिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य भएको अस्पतालले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण