भोक र गरिबीमा हुर्केका कादर खान यसरी बने सिनेमाका हिरो, यस्तो छ कहानी
कादर खान हिन्दी सिनेमाका यस्ता हिरा हुन् जसको चमक हिन्दी सिनेमामा वर्षौंसम्म रहिरहनेछ । आज उनी यो संसारमा त छैनन् तर सिनेमालाई दिएको उनको योगदान उनका चर्चित फिल्मको रुपमा सधैं रहिरहनेछ । कादर खान एक राम्रा नायक मात्रै नभई उत्कृष्ट डायलग राइटर र कमेडियन पनि थिए । २२ अक्टोबर उनको जन्मदिन हो । यो मौकामा उनीबारे केही जानकारी बटुलौं ।
कादर खानको जन्म हुन त अफगानिस्तानको काबुलमा भएको थियो । तर जीविकोपार्जनका लागि उनको परिवार मुम्बई सिफ्ट भएको थियो । यद्यपि, यहाँ पनि उनको परिवारलाई जीवन धान्न मुश्किल भयो । मुम्बईमा कादर खान र उनका परिवार एउटा फोहोर बस्तीमा बस्नु पर्यो । उनीहरुको स्थिती यति नाजुक थियो कि खानसमेत धौधौ थियो । कतिपटक त कादर खान खाली पेट नै सुत्नुपर्दथ्यो ।
आमाको जबरजस्ती दोस्रो विवाहः
जब उनी निकै साना थिए तब उनका आमा–बुवा अलग्गिए । त्यसपछि कादर खानमाथि दुःखको पहाड बज्रियो । पछि उनकी आमाको जबरजस्ती दोस्रो विवाह गराइयो ।

फोटो: Instagram@filmhistorypics
प्राध्यापक थिए कादर खान, इन्जिनियरिङका विद्यार्थीलाई पढाउँथेः
गरिबी र दुःखका कारण कादर खानले स्कूल पनि छोडिदिए र उनी बस्ने ठाउँमा एउटा मिल थियो, त्यहाँ काम गर्न थाले । तर उनकी आमाले कादर खानको मनोबल बढाउँदै पढ्नका लागि प्रेरित गरिरहिन् । पछि कादर खान इन्जिनियरिङ बने र मुम्बईको एक कलेजमा इन्जिनियरिङका विद्यार्थीलाई पढाउन थाले ।

फोटो: Instagram@bollywoodbharat
दिलिप कुमारका कारण फिल्ममा भयो इन्ट्रिः
यद्यपि, कतै न कतै उनीभित्र अभिनयप्रतिको मोह जन्मदेखि नै थियो । उनी कलेजमा हुने नाटकमा भाग लिने गर्दथे । यस्तै एक नाटकमा अभिनय गर्दा नायक दिलिप कुमारको नजर कादर खानमाथि पर्यो । दिलिप कादर खानबाट यति प्रभावित भए कि उनलाई आफ्नो फिल्ममा साइन गराए । यहीँबाट उनको अभिनयको यात्रा सुरु भयो ।

यो घातक रोगले लियो कादर खानको ज्यानः
कादर खानले आफ्नो करियरमा तीन सय बढी फिल्ममा काम गरेका छन् र १ हजार बढी फिल्मका लागि डायलग लेखे । तर सन् २०१८ मा कादर खानको निधन भयो । उनी सुप्रान्यूक्लियर पाल्सी नामको एक रोगबाट ग्रसित थिए । उनको क्यानडामा अन्तिम संस्कार गरियो । आफ्नो रोगका कारण उनी थुप्रै वर्षअघि छोरासँगै टोरोन्टो शिफ्ट भएका थिए ।
यो रोगका कारण कादर खान हिँड्डुुल पनि गर्न सक्दैनथे । सन् २०१५ मा उनको जीवन ह्विलचेयरमा सिमित भएको थियो । सन् २०१५ देखि उनको स्मरण शक्ति पनि गुम्न थालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण


