दाङमा दुई यात्रुबाहक बस ठोक्किँदा २२ यात्रु घाइते
मङ्गलबार, ०५ कात्तिक २०७६, ११ : २१
बुटवल । दाङमा दुई यात्रुबाहाक बस एकापसमा ठोक्किएर दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन् ।
घोराही उपमहानगरपालिका–३ बर्गदुवाचोकमा घोराहीबाट नेपालगन्जतर्फ जाँदै गरेको ना ५ ख ३९५३ नम्बरको बस र लमहीबाट घोराहीतर्फ आउँदै गरेको लु१ख ९६७९ नम्बरको बस एकापसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइते २२ जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । सबै घाइतेको अवस्था सामान्य रहेको बताइएको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण