सुपर सिक्स क्रिकेट प्रतियोगिताको मुख्य प्रायोजक माछापुच्छ्रे बैंक
काठमाडौं– छैटौं संस्करणको कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिताको मुख्य प्रायोजक माछापुच्छ्रे बैंक भएको छ ।
मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच आयोजक संस्था एसएस इभेन्ट प्रालिसँग सो खेल प्रतियोगिताको मुख्य प्रायोजक माछापुच्छ्रे बैंक हुने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
एसएस इभेन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत रमन शिवाकोटी र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले हस्ताक्षर गरेको सो सम्झौतासँगै प्रतियोगिताको नाम ‘माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स’ रहनेछ ।
उक्त पत्रकार सम्मेलनमा बोल्दै माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले अहिलेको अवस्थामा स्वस्थ रहनको लागि खेलकुद अपरिहार्य जस्तै रहेको बताउँदै माछापुच्छ्रे बैंकले कर्पोरेट क्षेत्रमा कार्यरत कर्मचारीहरुको दैनिक कामकाजको साथसाथमा खेलकुदप्रतिको रुचिलाई मध्यजनर गर्दै बैंकले यो प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराए ।
साथै उनले पूर्वमा झापादेखि पश्चिममा महाकाली सम्म २७१ भन्दा बढि सेवा सञ्जाल मार्फत आम नागरिकको घरदैलोमा पुगेर सेवा गरिरहेको माछापुच्छ्रे बैंकले विशुद्ध बैंकिङ्ग सेवा मात्र नभएर अन्य थुपै कार्यहरुमा सहभागिता जनाउँदै आएकोे बताउँदै खेलकुद क्षेत्र जहिले पनि बैंकको प्राथमिकतामा रहने जनाए ।
प्रमुख कार्यकारी अधिकृत शर्माले यो वर्षको माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स टुर्नामेन्ट कर्पोरेट क्षेत्रको मात्र नभएर मात्र नभएर देशकै एउटा क्रिकेट उत्सवको रुपमा मनाउने तयारी रहेको बताए ।
आगामी पुसको २ गतेदेखि २३ गतेसम्म काठमाडौंको कीर्तिपुर खेल मैदानमा हुने सो प्रतियोगितामा २४ वटा कर्पोरेट टिमको सहभागिता रहने पनि जानकारी गराइएको छ ।
प्रतियोगिताको बिजेताले ट्रफी र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन । त्यसैगरी विजेताले अर्को वर्ष सो प्रतियोगितामा निःशुल्क प्रवेश पाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण