सङ्घिय सरकारले प्रान्तीय सरकारलाई अधिकारबाट बञ्चित गर्यो: राजेन्द्र महतो
धनुषा– राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मधेसको विकास निर्माण कार्य र अधिकारको लडाई सँगसँगै अघि बढ्ने बताएका छन् । सहिद दुर्गानन्द झा स्मृति सभा हलको उद्घाटन गर्दै महतोले सो कुरा बताएका हुन् ।
महतोले संघीय सरकारले प्रान्तीय सरकारलाई अधिकार दिन नचाहेको आरोप समेत लगाए । उनले अबको दिनमा आफूहरु अधिकारको लडाइँसँगै विकास निर्माणको अभियान अघि बढ्ने बताए । आफू यसै निर्वाचन क्षेत्रबाट जितेकोले गर्दा पनि यो क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको उनको भनाई थियो । उनले दुर्गानन्द झा अस्पताललाई सुविधासम्पन्न बनाइने बताए ।
उनले भने, ‘म संसद भएपछिको पहिलो तलब नै यो अस्पतालको लागि छुट्याएको छु । अस्पतालको काम सुरु भएको छ र अहिले बॉन्ड्री वाल तयार भएको छ । जहाँबाट भएपनि रकम उपलब्ध गरेर यहां सुबिधा सम्पन्न अस्पताल निर्माण गर्नुपर्छ।’
राजपाका केन्द्रिय सदस्य राजू चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास मन्त्री नवल किशोर साहले सहिद दुर्गानन्द झाको अस्पतालको लागि २ करोड़ रुपैया दिने घोषणा गरे । कार्यक्रममा दुर्गानन्द झाकी पत्नी काशी देवी झालाई सम्मान समेत गरीएको थियो ।
प्रदेश सरकारको ९० लाख रुपैयाँको लगानीमा स्मृति भवन निर्माणाधीन अवस्थामा रहेको छ । बि.स. २०१८ सालमा तत्कालीन राजा महेन्द्रमाथि जनकपुरमा बम प्रहार गरेको आरोपमा झालाई फाँसी दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
-
सफा हिमाल अभियान : सेनाले दुई शव र आठ हजार किलो फोहर उठायो
-
स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थापनमा सरकारको उपेक्षा
-
गीत विवादमा प्रकाश दुतराज : विकृति–विसङ्गति केलाउन खोजेको हो
-
एमालेले भन्यो– कांग्रेसले मात्तिएर अलोकतान्त्रिक संसदीय अराजकता मच्चायो
-
सरकारले एक करोड ३० लाख युरो स्वीकार गर्ने