१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
सारांश
- निर्माण व्यवसायी र सरकारबिच टकरावको अवस्था सिर्जना भएको छ, जसमा पूर्वाधार विकास मन्त्रालयले ठेक्का तोड्न निर्देशन दिएको छ भने निर्माण व्यवसायीहरू मूल्य समायोजनको माग गर्दै आन्दोलनको चेतावनी दिइरहेका छन् ।
- नेपाली कांग्रेसको इतर पक्षले कोशी प्रदेशस्तरीय भेला आयोजना गरेको छ, जसबाट सो पक्षका नेताहरू उत्साहित देखिएका छन् ।
- नेपाली आकाशमा अनुमतिबिना भारतीय हेलिकप्टर प्रवेश गरेको छ, जसमा भारतीय सीमा सुरक्षा बलका महानिर्देशक सवार थिए ।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–
१. निर्माण व्यवसायी र सरकारबिच टकराव
निर्माण व्यवसायी र सरकारबिच टकरावको अवस्था सिर्जना भएको छ । काम ठप्प पार्ने निर्माण व्यवसायीको ठेक्का तोड्न पूर्वाधार विकास मन्त्रालयले निर्देशन दिएको छ भने अर्कोतिर मूल्य समायोजन नभएकाले काम गर्न असहज भएको जिकिरसहित निर्माण व्यवसायीहरू आन्दोलनमा उत्रिने चेतावनी दिइरहेका छन् ।
२. कोशी प्रदेशस्तरीय भेलाले कांग्रेसको इतर पक्ष उत्साहित
नेपाली कांग्रेसको इतर पक्षले आइतबार कोशी प्रदेशस्तरीय भेला आयोजना गरेको छ । भेलाबाट सो पक्षका नेताहरू उत्साहित देखिएका छन् ।
३. नेपाली आकाशमा अनुमतिबिना आयो भारतीय हेलिकप्टर
नेपाली आकाशमा अनुमतिबिना नै भारतीय हेलिकोप्टर प्रवेश गरेको छ । भारतीय सीमा सुरक्षा बल ‘आईटीबीपी’का महानिर्देशक सवार हेलिकोप्टर दार्चुलाको आकाशमा उडेको हो ।
४. ओलीले स्वीकार गरे– विधि र पद्धति भत्केकै हो
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र विधि र पद्धति भत्किएको स्वीकार गरेका छन् । यद्यपि यसका लागि आफ्नोमात्र दोष नरहेको उनले बताएका छन् ।
५. नयाँ पार्टी निर्माण गर्न धवल र दुर्गा प्रसाईंले बढाए कदम
राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका धवलशमशेर राणा र नागरिक बचाउ महाअभियान नेपालका प्रमुख नेता दुर्गा प्रसाईंले नयाँ पार्टी गठनका दिशामा कदम बढाएका छन् । आइतबार उनीहरूले विभिन्न २४ समिति गठन गर्दै नेताहरूलाई जिम्मेवारीसमेत तोकेका छन् ।
६. सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
सरकारले बागमती र यसका सहायक नदी किनारका सुकुमबासी बस्ती हटाइएका क्षेत्रहरूलाई हरियाली खुला क्षेत्र (पार्क) को रूपमा विकास गर्ने भएको छ ।
काठमाडौँ उपत्यकाका नदी किनारबाट हटाइएका सुकुमबासी बस्तीका खाली ठाउँहरूमा पार्क तथा हरियाली क्षेत्र निर्माणका लागि आवश्यक डिजाइन र अवधारणा तयार पार्ने काम अघि बढेको सहरी विकास मन्त्रालयका प्रवक्ता एवं सहसचिव नवराज प्याकुरेलले बताए ।
७. बालेनको ‘देश बनाउने टोली’मा को–को ?
प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले ‘देश बनाउने टोली’भन्दै एउटा फोटो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । आफू र अन्य दुई मन्त्रीसहितको फोटो सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले ‘देश बनाउने टोली’का रूपमा चित्रण गरेका छन् ।
८. वन क्षेत्रबाट टेम्पो गुल्टाएकोबारे वन कार्यालयको प्रस्टीकरण
सुदूरपश्चिम प्रदेशको गोदावरी नगरपालिका–४ स्थित चुरे वन क्षेत्रमा टेम्पोलाई भिरबाट गुल्टाइएको घटनाबारे डिभिजन वन कार्यालय कैलालीले प्रस्टीकरण दिएको छ । उक्त टेम्पो गुड्ने वा चालु अवस्थामा नरहेको भन्दै सो कार्यालयले वन क्षेत्र अतिक्रमण गरी पसल सञ्चालन गर्न राखिएको कवाडी संरचनालाई हटाइएको प्रस्ट पारेको छ ।
९. ६५ हजारमै आइफोन–१५ प्रो म्याक्स दिने भन्दै ठगी
६५ हजारमै आइफोन–१५ प्रो म्याक्स दिने भन्दै सामाजिक सञ्जालमा विज्ञापन राखेर रकम असुल्ने र सामान नपठाइ ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
१०. बालेनले छाडेपछि कस्तो ल्यायो काठमाडौँ महानगरले नीति तथा कार्यक्रम ?
काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहले महानगरको जिम्मेवारीबाट राजीनामा दिँदै संघीय राजनीतिमा प्रवेश गरेपछि कार्यवाहक मेयर सुनिता डंगोलको नेतृत्वमा महानगरको नीति तथा कार्यक्रम ल्याइएको हो ।
११. प्रदेश सभापतिमा रास्वपाका सांसदहरू नै पराजित
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रदेश सभापतिमा सो पार्टीका बहालवाला सांसद नै पराजित भएका छन् ।
१२. विश्वकप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण