बलात्कार र हत्याका दोषीलाई अमेरिकाबाट पक्राउ गरी नेपाल ल्याइयो
काठमाडौं । १९ वर्षअघि एक महिलालाई बलात्कारपछि हत्या गरेको अभियोगमा दोषी ठहरिएका झापा चन्द्रगढी–३ स्थायी घर भएका लिलाराज गौतम पक्राउ गरेका छन् ।
उनलाई नेपाल प्रहरीले इन्टरपोल वासिङ्टन शाखाको सहयोगमा नेपाल फिर्ता ल्याउन सफल भएको हो । उनीविरुद्ध रेडकर्नर शाखाले २०७४ मंसिर १२ गते रेड नोटिस जारी गरेको प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए ।
इन्टरपोल वासिङ्टनसँग भएको समन्वयका क्रममा उनी सन् २०१८ जनवरी २ मा अमेरिकामा रहेको जानकारी आएपछि बेफ्रुअरी १३ मा पक्राउ गरेर अमेरिकाकै डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको हिरासतमा राखिएको थियो ।
अमेरिकाको अध्यागमन कानुनसमेत उलंघन गरेका उनलाई त्यहाँको आवश्यक कानुनी कारबाहीपछि बुधबार अमेरिकाको मियामीबाट टर्किस् एयरलाइन्सको विमानबाट नेपाल ल्याइएको हो ।
उनलाई आवश्यक कारबाहीको लागि केन्द्रीय अनुसन्धान ब्यूरोमा बुझाइएको इन्टरपोल शाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तो थियो १९ वर्ष पुरानो घटना
२०५७ असोज २९ गते राती लिलाराजसहित मनोज खड्का र सिताराम बस्नेतले झापा चन्द्रगढी–३ की सन्ध्या राजवंशीलाई बलात्कार पछि हत्या गरेका थिए । बलात्कारपछि हत्या गरिएकी सन्ध्याको शव चारआली जंगलको रुखमा फेला परेको थियो ।
घटनाको भोलिपल्ट मृतकका बुबा राजकुमार राजवंशीले जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दिएकोमा प्रतिवादी लिलाराजलाई जिल्ला अदालत झापाले २०५८ कात्तिक २१ गते सफाइ दिएको थियो ।
तर फैसला उपर सरकारले पुनरावेदन अदालत इलाममा पुनरावेदन दियो । पुनरावेदनले पनि २०५८ चैत २८ गते झापा अदालतकै फैसला सदर गरिदियो ।
त्यसपछि मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन दिइएकोमा लिलाराजलाई सर्वोच्चले १९ वर्ष २ महिना जेल सजायको फैसला गरेको थियो ।
लिलाराज २०५७ कात्तिक १ देखि ०५८ साउन ३२ गतेसम्म हिरासतमा बसेको अवधि कट्टागरी सर्वोच्चले बाँकी कैद असुल गर्न आदेश दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण