बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रकमा ३९ वटा शव भेटिए, २५ वर्षे डाइभर पक्राउ

बिहीबार, ०७ कात्तिक २०७६, १० : २६
बिहीबार, ०७ कात्तिक २०७६

लण्डनको पूर्वमा रहेको शहर एसेक्समा एक ट्रकभित्र बुधबार बिहानै ३९ शव भेटिएका छन् ।

ग्रेजको वाटरग्लेड इन्डष्ट्रियल पार्क नजिकै एक ट्रकमा शव भेटिएपछि एम्बुलेन्स सेवाले पुलिसलाई जानकारी दिएको छ ।

पुलिसका अनुसार आपतकालीन सेवा पुग्नुअघि ३९ व्यक्तिको मृत्यु भइसकेको थियो । हत्याको शंकामा ट्रक ड्राइभरलाई पक्राउ गरिएको छ ।

पुलिसका अनुसार ट्रक ड्राइभरको सम्बन्ध उत्तरी आयरल्याण्डसँग छ र उनी करिब २५ वर्षका हुन् ।

एसेक्स पुलिसका अनुसार यो ट्रक बुल्गरियाको हो र शनिबार १९ अक्टोबरमा ब्रिटेनको वेल्सको होलिहेडमा प्रवेश भएको थियो । त्यहाँबाट यो ट्रक २२ अक्टोबरमा ग्रेज पुगेको थियो ।

सुरुवाती जानकारीका अनुसार मृतकमध्ये ३८ वयस्क छन् भने एकजनाको उमेर २० वर्षभन्दा कम छ ।

एसेक्स पुलिसका एक अधिकारी पिप्पा मिल्सले पत्रकार सम्मेलनमा भनेका छन्, ‘गाडीभित्र भएका सबै ३९ व्यक्तिको मृत्यु भएको छ ।’

उनका अनुसार अहिले शवको सनाखत हुने सकेको छैन र उनीहरु कहाँका हुन् भन्ने पनि पत्ता लाग्न सकेको छैन ।

पिप्पा मिल्सले भने, ‘शवको पहिचान गर्नु हाम्रो लागि सबैभन्दा ठूलो प्राथमिकता हो ।’

कसैसँग यसबारे केही जानकारी भए तुरुन्त पुलिसलाई सम्पर्क गर्न पनि उनले आग्रह गरेका छन् ।

उनले भने, ‘मृत्युको कारणबारे पत्ता लगाउनका लागि पुलिसले विभिन्न विभागसँग मिलेर काम गरिरहेको छ ।’

बुल्गरियाको न्यूज वेबसाइट नेवनिकले विदेश मन्त्रालयलाई उद्धृत गर्दै लेखेको छ, ‘बुल्गरिया दूतावास स्थानीय अधिकारीसँगको सम्पर्कमा छ र स्थितीमाथि निगरानी गरिरहेको छ ।’

इलाकालाई पर्दाले ढाकिएको छ ?

घटनास्थलमा उपस्थित बीबीसी संवाददाता रिचर्ड स्मिथका अनुसार वाटरग्लेड इन्डष्ट्रियल पार्क नजिकै यो ट्रक देखिएको थियो ।

उनी भन्छन्, ‘यो एक औद्योगिक इलाका हो जहाँ ठूला गोदाम जस्तो स्थानको अगाडि ट्रक भेटिएको छ । पुलिसले पूरा इलाकालाई एक तरिकाले बन्द गरिदिएको छ । अनुसन्धानमा बाधा नपुगोस् भनेर पुलिसले ठूला ठूला पर्दा लगाइदिएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप