उपराष्ट्रपति पुन सुर्खेतमा
बिहीबार, ०७ कात्तिक २०७६, १४ : १०
सुर्खेत– कनकासुन्दरी गाउँपालिका सिङ्जा जुम्लामा कात्तिक ८ गते हुने सिङ्जा साँस्कृतिक महोत्सवको कार्यक्रममा सहभागी हुन आज उपराष्ट्रपति नन्दबहादुर पुन सुर्खेत आइपुगेका छन् ।
उपराष्ट्रपति पुनलाई कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनाल, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल, उपसभामुख पुष्पा घर्ती, प्रमुख सचिव केवलप्रसाद भण्डारीले विमानस्थलमा स्वागत गरे । उनले आज सुर्खेतका धार्मिक पर्यटकीयस्थल काँक्रेविहार, देउती बज्यै मन्दिर र बुलबुले ताल अवलोकन गर्नु हुनेछ ।
सिङ्जा महोत्सव उद्घाटनको क्रममा तत्कालीन सिङ्जाको संस्कृति र सभ्यताको वास्तविक इतिहासका लागि उपराष्ट्रपति पुनमार्फत सरकारलाई भग्नावशेषको उत्खननका लागि अनुरोध गरिने बताइएकोछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण