कश्मीरमा ड्राइभरमाथि चरमपन्थी हमला, दुईको मृत्यु
भारत प्रशासित कश्मीरको शोपियाँमा भएको एक संदिग्ध चरमपन्थी हमलामा दुई ट्रक ड्राइभरको मृत्यु भएको छ ।
श्रीनगरमा भएको बीबीसी संवाददाता रियाज मसरुरका अनुसार यी ट्रक ड्राइभर स्याउ लोड गर्न आएका थिए ।
पछिल्लो दुई हप्तामा यस्तो प्रकारको यो तेस्रो हमला हो । अहिलेसम्म कुनै चरमपन्थी समूहले यो हमलाको जिम्मेवारी लिएको छैन ।
पुलिसका अनुसार राजस्थान, पंजाब र हरियाणाबाट आएका तीन ट्रकमाथि शोपियां जिल्लाको चित्रा गाउँमा स्याउ भरिरहेका थिए ।
यतिबेला संदिग्ध चरमपन्थीले गोलीबारी गरे ।
पुलिसका अनुसार मारिएका दुई ड्राइभरमध्ये एकको पहिचान राजस्थानको अलवरमा बस्ने इलियास खानको रुपमा भएको हो जबकी दोस्रो मृतक ड्राइभरसँग कुनै परिचय पत्र भेटिएको छैन ।
पंजाबको होशियारपुरमा बस्ने जीवन सिंह नामका एक अर्का ड्राइभर उक्त हमलामा घाइते भएका छन् । जीवन सिंहलाई अस्पतालमा भर्ना गरिएको छ ।
शोपियांमै बस्ने शीरमाल इलाकामा अक्टोबरमै पहिलो हमला भएको थियो । यो हमलामा राजस्थानको अलवरमै बस्ने शरिफ खान नामका ड्राइभरको मृत्यु भएको थियो ।
पछिल्लो दुई हप्ताभित्र पंजाबबाट आएका दुई स्याउ व्यापारीमाथि पनि हमला भएको थियो । यसमा चरणजीत सिंह नामका व्यापारीको मृत्यु भएका थियो जबकी संजीव कुमार नामका व्यापारी घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण