नेपाल उद्योग परिसंघ र गैरआवासीय नेपाल संघले उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने
काठमाडौं– नेपाल उद्योग परिसंघ र गैरआवासीय नेपाली संघबीच नेपालमा लगानी प्रर्वद्धन गर्ने तथा विदेशमा नेपाली उत्पादनको प्रर्वद्धन गरि निर्यात व्यापार अभिवृद्धि गर्ने सहमति भएको छ । यसका लागि उद्योग परिसंघ र गैरआवासी नेपाली संघले सहमतिपत्रमा बुधवार काठमाडौंमा हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा परिसंघका अध्यक्ष सतिशकुमार मोर र संघका नवनिर्वाचित अध्यक्ष कुमार पन्तले हस्ताक्षर गरेका हुन् ।
सो अवसरमा नेपाल उद्योग परिसंघले गैरआवासीय नेपाली संघको नेतृत्वलाई परिसंघको कार्यालयमा स्वागत गर्दै नेपालमा गैरआवासीय नेपालीहरुको लगानी प्रवर्धन गर्ने, औद्योगिक विकासमा सिप तथा प्रविधि हस्तान्तरण गर्ने र विदेशमा नेपाली वस्तु तथा सेवाको निर्यातका लागि सहकार्यको आवश्यकता रहेकोले मिलेर काम गर्न सकिने जानकारी गराएको छ ।
सो अवसरमा परिसंघका अध्यक्ष मोरले लगानीका प्रमुख क्षेत्रहरु पूर्वाधार, जलविद्युत, पर्यटन, बैंकिङ्ख आधुनिक कृषि तथा सञ्चार प्रविधि लगायतका क्षेत्रमा गैरआवासिय नेपालीहरुको लगानी रहेको भन्दै थप लगानी तथा साझेदारी बढाउन आग्रह गरे । औद्योगिक क्षेत्रमा लगानी बढाउँदा नेपालको अर्थतन्त्र सबल हुने र रोजगारी विस्तार हुने भएकाले गैरआवासिय नेपालीहरुले परिसंघसँग गरेको सहकार्य परिणामुखी हुनेमा विश्वश्त रहन पनि अध्यक्ष मोरले आग्रह गरे । परिसंघका उपाध्यक्षहरुले गैरआवासीय नेपाली संघले अघि बढाएको लगानी फण्डलाई सकेसम्म छिटो परिचालन गर्न सुझाव दिएका थिए ।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले नेपालको उत्पादनमुलक क्षेत्रमा गैरअवासीयहरुको तथा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन संघले परिसंघसँग सघन सहकार्य गर्न अग्रसरता लिएको उल्लेख गरे ।
नेपाल उत्पादन तथा ब्राण्ड र पर्यटन प्रर्वद्धनमा आपसी सहकार्य फलदायी हुने विस्वास पनि अध्यक्ष पन्तले गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण